Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल प्रहरीको ३१ औं  आईजीपीमा दिपक थापा नियुक्त

नेपाल प्रहरीको ३१ औं  आईजीपीमा दिपक थापा नियुक्त

काठमाडौं । सरकारले दिपक थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वरीयतामा सबैभन्दा अगाडि रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको हो ।

३० वर्षे सेवाअवधिको प्रावधान कायम रहेमा थापा २०८२ भदौ १९ गतेसम्म आईजीपीमा बहाल हुनेछन् । उनी नेपाल प्रहरीको ३१ औं आईजीपी बनेका हुन् ।

उनीसँगै एआईजीद्धय सुदिप गिरी र टेक बहादुर तामाङ प्रहरी प्रमुखको दाबेदार थिए ।

हालका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर आज राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि सरकारले थापालाई आईजीपी नियुक्त गरेको हो ।

को हुन् नवनियुक्त आईजीपी थापा ?

बुबा रामशरण थापा र आमा सावित्री थापाको कोखबाट २०२८ मंसिर ८ गते भक्तपुरमा जन्मिएका थापा प्रहरी संगठनमा अब्बल प्रहरी अधिकृत हुन् । थापा २०५२ भदौ १९ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरीमा प्रवेश गरेका हुन् । प्रहरी निरीक्षक भएदेखि नै उनी कार्यसम्पादन मूल्याकंनमा उत्कृष्ट हुँदै आएका थिए ।

आईजीपी थापा व्यवस्थापकीय जिम्मेवारीमा अब्बल मानिनुका साथै कमान्ड नियन्त्रणमा समेत पोख्त छन् । कार्यक्षमता, कार्यसम्पादन मूल्याङ्कन र र वरिष्ठताको आधारमा एक नम्बरमा रहेका थापालाई सरकारले आईजीपी बनाएको हो ।

प्रहरीको व्यवसायिक छवि एवं संगठनको प्रतिष्ठा सर्वदा उँचो राख्न थापाका दर्जनौं कामका श्रृंखलाहरु छन्, जसले उनलाई सफलताको उचाइतर्फ डोहोर्‍याएको हो । नेपाल प्रहरीभित्र कुनै समस्या आउँथ्यो, समस्या समाधानका उपाय थापालाई नसम्झिने सायदै कमै छन् ।

आईजीपी नियुक्त हुनुअघि उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुखको रुपमा कार्यरत थिए । त्यसअघि थापाले एआईजीमै उपत्यका प्रहरी कार्यालय र प्रधान कार्यालयको प्रशासन विभागको नेतृत्व गरे ।

इन्सपेक्टर भएपछि थापाको पहिलो पोष्टिङ प्रहरी प्रधान कार्यालय सवारी नियन्त्रण महाशाखा, नक्सालमा भएको थियो । त्यसपछि क्षेत्रीय प्रहरी इकाई कार्यालय, महेन्द्रनगर सरुवा भयो । त्यसपछि उनको जिल्ला प्रहरी कार्यालय रुकुम सरुवा भयो । त्यसपछि मात्रै उनले पहिलो कमाण्ड इलाका प्रहरी कार्यालय बनेपा, काभ्रेको सम्हाले ।

त्यसपछि इन्स्पेक्टरमै थापाले इलाका प्रहरी कार्यालय गरुडा, रौतहटको इन्चार्ज भएर काम गरेका थिए । त्यस्तै नेपाल प्रहरी स्कुल साँगा, प्रहरी स्कुल दिपायल, इलाका प्रहरी कार्यालय मैकोट रुकुम, इलाका प्रहरी कार्यालय कात्तिके देउराली र हेडक्वार्टरको कर्मचारी शाखामा रहेर काम गरे ।

त्यसपछि प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा भएपछि पनि थापाले विभिन्न युनिट सम्हालेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङ, प्रधानमन्त्री सुरक्षा कार्यालय बालुवाटार, प्रहरी वृत्त महाराजगन्जको सफल कमाण्ड थापाले सम्हाले । यस्तै डिएसपीमै इलाका प्रहरी कार्यालय बुटवल, हेडक्वार्टरको कर्मचारी प्रशासन शाखा, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, मकवानपुरमा पनि काम गरेको अनुभव थापासँग थियो ।

प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएपछि अख्तियारको कोहलपुर र बुटवल काम गरेका उनी चितवनको प्रहरी प्रमुख बने ।यसैगरी हेडक्वार्टरको बजेट शाखामा पनि उनले काम गर्ने मौका पाए ।

प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि आर्थिक प्रशासन महाशाखा, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले । त्यसपछि वृत्ति विकास महाशाखा, प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा काम गरेका उनी प्रहरी नायब महानिरीक्षक (डिआईजी) मा बढुवा भए ।

डिआईजी बढुवापश्चात उनको पदस्थापना प्रबन्ध निर्देशनालयमा भयो । केही समय त्यहाँ काम गरेका थापाको पछि बागमती प्रदेश प्रहरी कार्यालयको प्रमुखमा सरुवा भयो । जहाँ उनले उत्कृष्ट काम गरेका थिए । बागमति प्रदेश प्रहरी कार्यालयको प्रमुख रहँदै गर्दा थापा एआईजीमा बढुवा भएका हुन् ।

११ वर्ष इन्स्पेक्टर पदमा रहेर काम गरेका थापा २०६३ भदौ ८ गते डिएसपीमा बढुवा भएका थिए । त्यसपछि २०७२ साउन ८ मा एसपी र २०७५ फागुन ६ गते एसएसपी भएका थिए । २०७९ असार १७ गते डिआईजी भएका थापा २०७९ चैत ६ गते एआईजीमा बढुवा भएका हुन् ।

उनले प्रहरी निरीक्षक आधारभूत तालिमसँगै मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, अपराध अनुसन्धान तालिम, प्रशिक्षक प्रशिक्षण तालिम, इन्भेस्टिगेटिभ इन्टरभ्यु ट्रेनिङ कोर्षलगायत तालिम गरेका छन् ।

यसैगरी विपद् राहतमा नागरिक सैन्य समन्वय, एशिया पुलिस कोलोक्यूममा सहभागिताको प्रमाणपत्र, गभर्नेन्स एण्ड एन्टीकरप्सन ट्रेनिङ, प्रहरी व्यवस्थापन तालिक, सुरक्षा उन्नत तालिम, प्रहरी सल्लाहकार तालिम, एमएस अफिस प्याकेज, चेलिकेटी बेचबिखन तथा बाल यौन शोषण रोकथाम विषयक तालिम समेत गरेका छन् ।

यसैगरी प्रहरी सेवाको क्रममा उनले दुर्गम सेवा पदक, गद्दी आरोहण रजत पदक, विरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पिडितोद्धार पदक, गोरखा दक्षिणबाहु चौथो, प्रहरी सेवा पदक, संयुक्त राष्ट संघ पदक, परदेश सेवा पदक, प्रबल जनसेवा श्री र सुप्रबल जनसेवा श्री विभुषण पाएका छन् ।

यस्तै उनले संयुक्त राष्टसंघ कार्यालयबाट कृतज्ञता प्रमाणपत्र र प्रशंसा प्रमाणपत्र गरी दुईपटक सम्मान भएका छन् । यसैगरी उनलाई राष्टिय सूचना अयाोगले समेत २०७४ असोज २५ गते सम्मान गरेको थियो । २१ पटक नगदसहित पुरस्कृत र ९ पटक प्रहरी प्रधान कार्यालयबाट प्रशंसापत्र पाएका छन् ।

थापाले मानविकी तथा समाजशास्त्रमा प्रविणता प्रमाणपत्र, मानविकी तथा समाजशास्त्रमा स्नातक, कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नाकोत्तरसम्मको अध्ययन गरेका छन् । महानिरीक्षक थापाकी श्रीमती रुपा पौडेल थापा, २ छोरी र एक छोरा छन् ।

संगठनमा इमान्दार, मिजासिला र निडर स्वभावका थापा आफ्नो जिम्मेवारीलाई कुशलतापुर्वक सम्पन्न गर्ने अधिकृतको रुपमा चिनिन्छन् । कुशल व्यवस्थापकीय क्षमता भएका थापालाई सबै नेतृत्वहरुको रोजाईमा समेत पर्ने गरेका छन् ।

धेरै ‘कन्ट्रोभर्सी’ र मुस्किल समयमा पनि सरल ढंगले थापाले प्रहरीको नेतृत्व पाउँदा खुसी लागेको नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी अधिकृत तथा पुर्व प्रहरी संगठनका अध्यक्ष बसन्त कुँवर बताउँछन् ।

उनी भन्छन्, विवादित समयमा पनि विवादरहित भुमिका निभाउन सफल भएको पाइन्छ र उहाँमा सबैभन्दा राम्रो गुण सबैसँग समन्वय गरेर काम गर्न सक्ने अद्वितीय क्षमता देखिन्छ । नेतृत्वमा पुगेपछि यो क्षमतालाई निरन्तरता दिनहुनेछ भन्ने अपेक्षा गरौं ।

प्रहरी सेवामा रहेर काम गर्दा हालसम्म बसेको स्थानहरुमा उत्कृष्ट काम गरी लोकप्रियता कमाइसकेका थापाले एक व्यवसायीक अधिकृतको छवि बनाएका थिए ।

३० वर्षे सेवा अवधि नहटे थापा ६ महिनापछि अवकाशमा जानेछन् । संसद्‌मा प्रहरी ऐनको प्रस्तावित विधेयक दर्ता छ । यो अवधिमा विधेयक पारित भए उनले थप ६ महिना प्रहरीको नेतृत्व गर्न पाउनेछन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh