झापा । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले आफूहरुले मुलुकमा व्याप्त विभेद अन्त्य गर्न र समानता स्थापित गर्न प्रचण्डको नेतृत्वमा जनयुद्ध गरिएको बताएका छन् । उनले जनयुद्धकै बलमा सामन्ती राजतन्त्रको अन्त्य भएको उनको दाबी छ ।

शान्ति प्रक्रियादेखि यहाँसम्म आईपुग्दा संविधान निर्माणदेखि सरकारसम्म रहेर पनि निरन्तर काम गरेको उनको भनाई छ । उज्यालो नेपाल, पूर्वाधार विकासलाई अभियानको रुपमा लगिएको शर्माको भनाई छ । तर, अहिलेपनि जनतामा आक्रोश व्याप्त रहेको उल्लेख गर्दै जनताको समस्या समाधान गर्नेगरि आफूहरु अघि बढेको उनको दाबी छ ।
जनताको कुरा सुन्ने र जनताकै सेवामा जानुपर्छ भनेर आफूहरुले निश्कर्ष निकालेको र अहिले अभियानमा होमिएको शर्माको भनाई छ । यो १८ वर्षमा आफूहरुले जनताको आवाज र एजेण्डा बिर्सिएकोले अब अधुरा काम पूरा गर्नेगरि अभियानमा होमिएको शर्माको दाबी छ । उनले त्यागको शिक्षा लिनको लागि अहिले नेतृत्व जनतामाँझ आईपुगेको स्पष्ट पारे ।
जनताले भनेको र जनताले चुनेको नेतृत्व स्थापित गराउनुपर्ने शर्माको भनाई छ । समाजवादी क्रान्तिलाई अघि बढाउनको लागि माओवादी नेतृत्व गम्भीर हुनुपर्नेमा जोड दिए । माओवादीलाई जनताको सेवक बनाउनुपर्नेमा पनि उनले जोड दिए ।