काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षकबाट राजिनामा दिएका रबिन्द्र केसीलाई बिदाई गरिएको छ ।

आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच एआईजी केसीलाई बिदाई बिदाई गरिएको हो । उनलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मायाको चिनो दिएर बिदाई गरे ।
एआईजी केसी आगामी ५ चैतमा अनिवार्य अवकाश जाने थिए । तर उनले डीआईजी जनक भट्टराईलाई एआईजीमा बढुवा गर्न राजिनामा दिएका थिए ।
भट्टराईलाई आज (आइतबार) बिहान मात्रै एआईजीमा बढुवा सिफारिस गरिएको छ ।