काठमाडौँ । प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले विदेशी गैरसरकारी संस्थाले नेपालमा गरेको लगानी सम्बन्धमा श्वेतपत्र जारी गर्न माग गरेका छन् । उनले सरकार यस्ता लगानीबारे मौन बस्न नमिल्ने भन्दै सदाचार नीति ड्राफ्ट भएपनि त्यतिकै फालिएको बताए ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद सिंहले नेपालमा गरिएको खर्च सम्बन्धमा श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका हुन् ।
उनले सदाचार नीतिको सरकारले नै उल्लङ्घन गरेको पनि बताए । उनले ‘त्यो विदेशी लगानी धर्म परिवर्तन गराउनमा कति र जातजाति लडाउनमा कति खर्च भयो ? कति देश टुक्राउन लगानी भयो ? त्यसको जानकारी गराउनका लागि सभामुखसँग रुलिङको माग गर्छु,’ सांसद सिंहले भने ।
सांसद सिंहले मुलुक सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टमा परेको बारे संसद्मा अर्थमन्त्रीको तर्फबाट जानकारी गराउन माग गरे ।