काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घर पत्नी राधिका शाक्यले बनाएको दाबी गरेका छन् ।

शनिबार पत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’को लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘घर राधिका शाक्यले बनाएको हो, मेरा बुताले, मेरा हुतीले होइन ।’ अहिले त्यो घर पनि ट्रस्टलाई दान गरिसकेको उनले बताए ।
‘त्यो पनि मेरो कमाई दान गरेको होइन, उनकै कमाई हो। त्यस कारण म जति श्रीमतीसँग खुसी कोही पनि छैन होला सायद,’ उनले भने । यस्तै उनले गृहमन्त्री बनिसकेपछि डेरा नपाउँदा घर ज्वाइँ बस्नुपरेको बताए ।