Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

को बन्दै छन् प्रहरीमा नयाँ आईजीपी ? थापा प्रमुख दाबेदार

को बन्दै छन् प्रहरीमा नयाँ आईजीपी ? थापा प्रमुख दाबेदार

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन २५ दिन बाँकी रहँदा प्रहरी महानिरीक्षक (आईजीपी) का लागि तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरू प्रतिस्पर्धामा रहेका छन् ।

२०७९ चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका बसन्त बहादुर कुँवर ३० वर्षे सेवाहदका कारण आगामी ५ चैतमा अवकाश पाउँदैछन्। कुँवर नेपाल प्रहरीका ३०औं आईजीपी हुन्। प्रहरी नियमावलीअनुसार अबको २५ दिनभित्र नयाँ प्रहरी महानिरीक्षक चयन हुनेछ।

एसएसपीबाट प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवामा पर्दा उनी तेस्रो बरियतामा थिए । डिआईजीबाट एआईजी हुँदासमेत उनी तेस्रो बरियतामै रहे । उनको ब्याचमा पहिलो नम्बरमा रहेका थापा त्यसैले आईजीपीको प्रमुख दाबेदार हुन् ।

आईजीपी बसन्त बहादुर कुँवर अवकाशमा जाने भएपछि सरकारले नयाँ आईजीपी नियुक्त गर्नुपर्ने हुन्छ। गृहमन्त्रालयले मन्त्रिपरिषद्मा ज्येष्ठता, कार्यदक्षता, कार्यसम्पादन मूल्याङ्कनलाई आधार मानेर योग्य उम्मेदवारको नाम सिफारिस गर्छ। कानुनी प्रावधानअनुसार मन्त्रिपरिषद्को निर्णयले प्रहरी महानिरीक्षक तोक्छ।

आईजीपीका मुख्य प्रतिस्पर्धी

नयाँ आईजीपीको चर्चा सुरु भइसकेको छ। सम्भावित प्रतिस्पर्धीहरु आन्तरिक दौडधुपमा छन्। ३१औं आईजीपीको प्रतिस्पर्धामा तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) छन्— दीपक थापा, सुदीप गिरी, र टेक बहादुर तामाङ।

हालसम्मको परिस्थिति हेर्दा एआईजी दीपक थापा यो दौडमा अगाडि छन्।वरियतामा पहिलो स्थानमा रहेका थापा नेतृत्व र कमाण्ड क्षमतामा अब्बल मानिन्छन्। उनी व्यावसायिक छवि भएका प्रहरी अधिकृतका रूपमा परिचित छन्।

एआईजी थापाको व्यावसायिक अनुभव

दिपक थापा नेपाल प्रहरीका अनुभवी अधिकृत हुन्। उनले उपत्यका अपराध अनुसन्धान कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लगायत महत्त्वपूर्ण निकायको नेतृत्व गरिसकेका छन्।

उनले चितवन जिल्ला प्रहरी कार्यालयमा एसपी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी, प्रबन्ध महाशाखामा डीआईजी रहँदा प्रभावकारी भूमिका निर्वाह गरेका थिए। प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुँदा विभिन्न इकाइको कमाण्ड सम्हालेका थिए।

थापाले भुटानी शरणार्थी प्रकरण, टिकापुर जग्गा प्रकरण, सहकारी ठगी, बालमन्दिर जग्गा हिनामिना लगायतका हाइप्रोफाइल अनुसन्धानको नेतृत्व गरेका छन्। उनको आर्थिक मामलामा पारदर्शिता, संगठनभित्रको व्यवस्थापन दक्षता, कमाण्ड क्षमताका कारण प्रहरी संगठनभित्र उनी लोकप्रिय छन्।

आईजीपी नियुक्ति विवादरहित हुने सम्भावना

यसपटक आईजीपी नियुक्ति विवादास्पद नहुने देखिन्छ। सम्भावित उम्मेदवारबीच अस्वस्थ प्रतिस्पर्धा हुने अवस्था छैन। मुलुकको शान्ति सुरक्षाको गहन दायित्व लिने नेपाल प्रहरीको सर्वोच्च नेतृत्व चयनप्रति सधैं जनचासो रहने गर्छ।

थापाले संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, न्यूयोर्कमा आयोजित चौथो United Nations Chief of Police Summit मा सहभागी हुन सुरक्षा प्रमुखको टोली त्यसतर्फ प्रस्थान गरेपछि नेपाल प्रहरीको निमित्त आईजीपीको भूमिका निर्वाह गरिसकेका छन्।

अबको एक महिनाभित्र ३१औं आईजीपी बन्ने दीपक थापासँग प्रहरी संगठन सञ्चालन, स्रोतसाधन परिचालन, संगठनभित्र अनुशासन कायम गर्ने, अपराध अनुसन्धान तथा नीति निर्माण गर्ने उच्च नेतृत्व क्षमता छ।

अपराध नियन्त्रणका लागि नवीन रणनीति बनाउन सक्ने, आन्तरिक सुरक्षाका लागि दीर्घकालीन योजना बनाउन सक्ने रणनीतिक सोच राख्ने, आतंकवाद, संगठित अपराध, साइबर अपराध रोकथाममा प्रभावकारी भूमिका खेल्न सक्ने व्यवसायिक नेतृत्वको रूपमा थापालाई हेरिएको छ।

सिपाही-हवल्दारका आशाका केन्द्र दिपक थापा

२०५२ सालमा नेपाल प्रहरीको इन्सपेक्टरमा नाम निकालेका थापा चाकडी गर्नेलाई भन्दा राम्रो काम गर्नेलाई प्यार गर्छन् । उनले लामो समय प्रहरी मुख्यालयमा विताएको अनुभव छ ।

कार्यालय समयभन्दा अघि नै कार्यालय पुग्ने उनी काम परे जति समय पनि खटिदिन्छन् । प्रहरीको मान्यतानै छः आफुभन्दा सिनियर अगाडी परेपछि तिनिक्क तन्किएर सलाम ठोक्ने, बसेको ठाउँबाट उठिदिने । उनी आफ्नै आफुभन्दा सिनियसलाई यसैगरी सलाम ठोक्छन् पनि ।

तर उनी काम गरेर बसिरहेका कर्मचारी उठेर औपचारिक सम्मान गरेको खास रुचाउँदैनन् । बस बस उठ्न पर्दैन भनेर कराउँथे । तर ‘सरले जति भनेपनि, नउठी बसिरहन चाहिँ सकिएन । न सरले भित्रभित्रै पो जाँच गर्थे कि के थाहा ? त्यसैले उहाँले दिनदिनै उठ्न पर्दैन भन्दा पनि सम्मानका लागि उठ्ने बानी चाहिँ छाडिएन’, उनीसँग लामो समय सँगै बसेका एक प्रहरीले सम्झिए ।

अफिसर भइसकेपछि काम विशेषले उनलाई भेट्न जानेको संख्या ठूलै हुन्थ्यो र हुन्छ । उनले समय पुगेसम्म आम सर्वसारणलाई पनि भेट्ने समय दिन्थे । अरु अफिसर जस्तो समय छैन, पछि आउनु भनेर हप्कीदप्की लगाउने गरेनन् । मिडियासँग त अबस्था प्रतिकुल परेकै अबस्थामा बाहेक समय दिइहाल्छन् ।

आफु मातहतका कर्मचारीलाई मायाँ गर्ने मात्रै होइन भनेको काम बिगार्ने, दायाँ बायाँ गर्ने र संगठनको छवि बिगारेको सुइँको पाए भने चाहिँ दिपक थापाको रौद्र रुप देखिन्थ्यो । कोठामा बोलाएर भकुरम्ला झैं गर्थे । तर हत्तपत्त हातै चाहिँ नहाल्ने ।

त्यति गर्दा पनि उनलाई ठीक भएको जस्तो लागेन भने चाहिँ भेट्थ्यो थापा धुलाइ । तर अन्तमा मीठो पाराले सम्झाउँथे यस्तो गर्नुहुँदैन भनेर । बाहिर असिनपसिन भएर निस्कँदा पनि केटाहरु मूड रामै्र बनाएका देखिन्थे ।

आफु मातहतका कर्मचारीलाई मायाँ गर्ने मात्रै होइन भनेको काम बिगार्ने, दायाँ बायाँ गर्ने र संगठनको छवि बिगारेको सुइँको पाए भने चाहिँ दिपक थापाको रौद्र रुप देखिन्थ्यो । कोठामा बोलाएर भकुरम्ला झैं गर्थे । तर हत्तपत्त हातै चाहिँ नहाल्ने ।

तर एउटा बानी भने अजिब छ थापाको- ‘जब उनी कसैलाई मन पराउँदैनन्, त्यस्ताको त खोइरै खन्ने हो, खेदो नै खन्ने हो”, ती प्रहरीले भने, “त्यसैले सर नजरमा गिर्ने गरी काम गर्ने हिम्मत मुख्यालयमा कसैले गरेको पाइन मैले त ।’

एसएसपीबाट प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवामा पर्दा उनी तेस्रो बरियतामा थिए । डिआईजीबाट एआईजी हुँदासमेत उनी तेस्रो बरियतामै रहे । उनको ब्याचमा पहिलो नम्बरमा रहेका थापा त्यसैले आईजीपीको प्रमुख दाबेदार हुन् ।

विशेष गरेर प्रहरी अधिकृतहरु तलका पोष्टमा रहँदा चर्चाकै लागि भने पनि ठूलै काम गर्छन् । तर जब माथिल्लो पोष्टमा पुग्छन त्यसपछि उनीहरु संगठनको लागि भन्दा पनि आफ्नो दुनो सोझ्याउन केन्द्र धाउने गरेको जनगुनासो र जुनियर तहका युवाहरुको गुनासो छ ।

थापा आईजी बने भने उनको अण्डरमा काम गरेका जुनियर युवाको अपेक्षा एउटै छ, “एसपी, एसएसपी ताकाका थापा सरले टप अफ द पोष्ट सम्हाले पनि पहिले जस्तै कम्तिमा मातहत कार्यालयका शौचालय, खानेपानी र मेसको पनि ख्याल गरिदिन्छन् भन्नेमा ढुक्क छौं ।

त्यस्तै उनले एआईजीमा उपत्यका प्रहरी कार्यालय काठमाडौंको समेत सफल कमाण्ड सम्हाले । त्यहाँ बस्दा उनको नेतृत्वमा थुप्रै काम भयो, ठूला ठूला हत्याका घटनाहरुमा प्रहरीलाई सफलता मिलेको थियो ।

अपराध अनुसन्धानमा दख्खल राख्ने एआईजी थापासँग एसएसपी हुँदा उपत्यका अपरा अनुसन्धान कार्यालय, एसपी हुँदा जिल्ला प्रहरी कार्यालय चितवन, डिएसपी हुँदा खोटाङ, महाराजगन्ज वृत्त, इलाका प्रहरी कार्यालय बुटवलको कमाण्ड सम्हालेको अनुभव छ ।

त्यसैले उनी आईजीपी भएमा तल्लो तहका प्रहरीका गुनासोहरुको समेत सहज रुपमा समाधान हुनेमा सिपाही हवल्दारहरुको अपेक्षा छ । सबैलाई समेट्ने, सबैका साझा व्यक्तीका रुपमा भएकाले पनि विवाद समेत नहुने भएकाले उनैलाई कार्यक्षमता र सम्पादनको उच्च मुल्यांकन गरि नेतृत्व सुम्पिने तयारी सरकारको रहेको छ ।

जसले सबैलाई समेट्न सक्ने क्षमता भएका थापा विगतका आईजीपीहरु भन्दा सहज ढंगले नेतृत्वमा पुग्ने चर्चा गरिएको छ । प्रतिस्पर्धीहरुमध्ये थापालाई नै भावी आईजीपीका रुपमा हेरिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh