काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुन एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।