सिरहा । सशस्त्र प्रहरीको टोलीले एक लाख रुपैयाँ भन्दा बढीको अवैध भारतीय कपडा बरामद गरेको छ। तर अबैधरुपमा कपडा भित्र्याउने तस्कर भने पक्राउ पर्न सकेका छैनन्।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको अवैध लत्ताकपडा भन्सार कार्यालयलाई बुझाएको छ । सिरहाको औरही गाउँपालिका वडा नम्बर ४, भट्टीमोडबाट मंगलबार नियन्त्रणमा लिइएका उक्त सामान भन्सार कार्यालयमा बुझाइएको हो ।
बीओपी इटाटारबाट खटिएको गस्ती टोलीले उक्त लत्ताकपडा नियन्त्रणमा लिएको सिरहाका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ( एसपी ) नरेश भण्डारीले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएका लत्ताकपडा १ लाख ७४ हजार ४ सय ८० रुपैयाँ बराबरका छन् ।