Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रचण्डको गम्भीर आरोप : ओली नेतृत्वको सरकार माफियाहरुको सेवामा अग्रसर छ

प्रचण्डको गम्भीर आरोप : ओली नेतृत्वको सरकार माफियाहरुको सेवामा अग्रसर छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले वर्तमान सरकारको बारेमा हनिमुन पिरियडसम्म टिप्पणी गर्न नचाहेको खुलाएका छन् । उनले आफूले सरकारको बारेमा पहिलो बहस जनताको अदालतमा होस भन्ने आफ्नो चाहना रहेको बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलको नेताको रुपमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘सरकारमाथि जनताको अदालतमा हुने बहस नै अर्थपूर्ण र महत्वपूर्ण हुन्छ भन्ने मेरो विश्वास थियो । यो झण्डै दुई महिनाको यो अवधिलाई हेर्दा सरकारको नियत र गन्तव्यको अवलोकनपछि म यो निश्कर्षमा पुगेको छु यो सरकार अहंकारपूर्ण र गलत बाटोतर्फ अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतर्फ अग्रसर छ ।’

उनले वर्तमान सरकार जनताभन्दापनि स्वार्थ समूह र माफियाहरुको सेवामा अग्रसर रहेको गम्भीर आरोप लगाएका छन् । उनले अबपनि रचनात्मक खबरदारी नगरे धेरै ढिला हुने ठानेर आफूले आज सदनमा बोल्नुपरेको स्पष्टीकरण दिए ।

उनले अहिले कांग्रेस र एमालेमात्रै नमिलेको जिकिर गरे । उनले भने,‘कांग्रेस र एमाले आफूमात्र मिल्नुभएको छैन् । आँफैंलाई सिध्याउने भनिएका जातिय, क्षेत्रिय प्रकृतिका साना दलहरुलाई पनि कतै फकाएर कतै तर्साएर प्रतिपक्ष कमजोर होला कि भन्ने चिन्ता वा कमजोर हुनेछ भन्ने खुशी कसैलाई छ भने म दुवैलाई आश्वस्त पार्न चाहन्छु कि त्यस्तो हुनेछैन् । बरु आवश्यक परे जनतालाई साथमा लिएर संसद्देखि सडकसम्म सत्तालाई खबरदारी र नियन्त्रण गरिनेछ ।’ पछिल्लो ४० दिनमा जनताले प्रतिपक्षीको नैतिक शक्ति देखिसकेको पनि उनले गर्वकासाथ सुनाए ।

उनले अहिलेको सरकारको संख्यामा दुई तिहाई भएपनि यसको जगमा दुई तिहाई नभएर सरकारको जगमा डर रहेको दाबी गरे । उनले भने,‘यो सरकार जहाँ, जतिखेर र जसरी बन्यो, गर्भैदेखि यो सरकार जनताका बीचमा एक्सपोज थियो । र, अझ एक्सपोज भैरहेको छ । जनतालाई यो सरकार किन र कसरी बनेको भनेर राम्रोसँग थाहा छ । कसको सरकार हो ? प्रमाणित गर्ने काम यो सरकार आँफैले गरिरहेको मैले महशुस गरिरहेको छु ।’

उनले जनता र प्रतिपक्षको सामना गर्न इमान चाहिने भन्दै त्यो सामना गर्न अहिलेको ओली नेतृत्वको सरकारसँग नभएको दाबी गरे । उनले भने,‘इमानमात्रै होईन, यो सरकारको जगमा कानूनपनि छैन् । यो सरकारको जगमा संविधानपनि छैन भनेर म आरोपित गर्न चाहन्छु । म यो रोष्ट्रमबाट फेरि एकपटक भन्छु–यो सरकार राजनीतिक बलमिच्याँई र संविधानको अपहेलनाबाट बनेको असंवैधानिक सरकार हो । संविधानको धारा ७६ को २ अन्तर्गत बनेको सरकारले विश्वासको मत लिन नसकेपछि स्वतः धारा ३ सक्रिय हुन्छ भनेर संविधानमा बडो प्रष्ट व्यवस्था गरिएको छ । अहिलेका सम्माननीय प्रधानमन्त्रीजीले कुनैबेला आँफैले त्यसको एकदमै प्रष्ट व्याख्या गर्नुभएको भिडिओ हिजो आज सामाजिक सञ्जालमा म घुमिरहेको देख्छु । तर, म कसैलाई पनि यहाँ नैतिकता सम्झाउन भने चाहन्नँ ।’

उनले संविधानका धाराहरु के अमूक व्यक्ति हेरेर खुल्ने अनि अर्को अमुक व्यक्ति हेरेर बन्द हुने गर्छन् ? भन्दै प्रश्न गरे । उनले आफूले यसअघि सदनमा विश्वासको मत लिने क्रममा पनि वर्तमान सरकारको साथमा विचौलिया र माफिया रहेको कुरा चूनौतिका साथ भनेको पनि स्मरण गराए । उनले भने,‘त्यही माफियाको सेवामा यो सरकारको सबै प्रतिष्ठा समाप्त हुनेछ । त्यति भन्दाभन्दैपनि मलाई लागेको थियो कि यो सरकारले त केही दिन संकोच मान्ला, केही दिन त लाज राख्ला, तर सरकार यति हतारमा देखियो कि विरालोले म्याउ गर्न एक हप्तापनि लागेन, लोडसेडिङको बेलाको डेडिकेटेड र ट्रंकलाईनको विलको विवादमा प्रधानमन्त्री रोष्ट्रममा कडा रुपमा उभिनुभयो तर जसका पक्षमा जसरी उभिनुभयो, त्यो देखेर सिंगो देश स्तब्ध भयो ।’

उनले अहिलेको ओली नेतृत्वको सरकार आफू नेतृत्वको सरकारको सुशासनबाट तर्सिएर बनेको कुरा यसअघि नै सदनमा भनेको पूनः स्मरण गराए । उनले भने,‘सुशासनको वेगलाई रोक्न, आफू र आफ्नाहरुलाई जोगाउन र जोगिन यो सरकार बनेको हो । त्यहीपनि मलाई लागेको थियो, कम्तिमा भुटानी शरणार्थी प्रकरणमा केही दिन त सरकारले यताउति नगर्ला, अनुसन्धान भैरहेको बेलामा जनतासँग अलिअलि डराउला, तर यहाँपनि दुई तिहाईको सरकारले बलियो सरकारले बल देखाउन ७ दिनपनि पर्खिएन । भुटानी शरणार्थी प्रकरणको राजनीतिक कडीमा प्रवेश गरेका प्रहरीका विशेष व्यूरो प्रमुखको सरुवा भयो, त्यो पनि विमान दुर्घटनाले जनताको ध्यान अन्तै तानेको दिन पारेर । हिजोको सरकारले भुटानी शरणार्थी प्रकरण, बाँसबारी, बालमन्दिरलगायत थुप्रै काण्डको सफल छानबिन गर्दै थियो । नयाँ सरकार आयो, के गर्यो ? हिजो ती काण्डका छानबिन गरिरहेका प्रहरी अधिकृतहरुमाथि नै छानबिन सुरु गर्यो । यसरी सुरु भयो दुई तिहाईको सुशासन ।’

नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामसुम पार्न र अरु अपराधीलाई जोगाउनको लागि अहिलेको सरकारले जे गरिरहेको त्यो खतरानक रहेको पनि दाहालको टिप्पणी छ । उनले कांग्रेस र एमाले नेताहरुलाई आग्रह गर्दै भने–‘दुवै दलका नेताहरुलाई मेरो यही रोष्ट्रमबाट अनुरोध छ–नक्कली भुटानी शरणार्थी प्रकरण तपाईहरुले एक अर्कालाई जोगाउन मिल्ने विल्कुलै सामान्य अपराध होईन । यसले अन्तर्राष्ट्रिय जगतमै नेपालको कानूनी, नैतिक र राजनीतिक अनि सामाजिक प्रतिष्ठा नै धुलोपिठो पारेको छ । यस्तो निर्लज्ज र निकृष्ट घट्नाको अनुसन्धान गरिरहेका क्षमतावान र साहसी प्रहरी अधिकृतहरुलाई पुरस्कार होईन उल्टो सुरुवा र छानबिन गरेर बाँकी विश्वलाई तपाईहरु के सन्देश दिँदै हुनुहुन्छ ? अन्तर्राष्ट्रिय समूदायको यति प्रत्यक्ष चासो र निगरानी रहेको विषयमा यो तहको क्रियाकलापले देशको प्रतिष्ठा कहाँ पुग्छ ?’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh