Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

६ अर्बभन्दा बढीको भ्रष्टाचारमा कर फर्स्यौट आयोगका तीनै पदाधिकारी कारागारमा : धरौटी राख्न नसक्दा जेलमै बसेर मुद्दाको पुनरावेदन

६ अर्बभन्दा बढीको भ्रष्टाचारमा कर फर्स्यौट आयोगका तीनै पदाधिकारी कारागारमा : धरौटी राख्न नसक्दा जेलमै बसेर मुद्दाको पुनरावेदन

काठमाडौं । कर फर्स्यौट आयोगमा भएको भ्रष्टाचार मुद्दामा तीनै प्रतिवादीले कारागारमा बसेर सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । ६ अर्ब रुपैयाँभन्दा धेरै जरिवाना भएकाले सो रकम बुझाउन नसक्दा उनीहरू जेल चलान भएका हुन् । पछिल्लोपटक आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक तथा कर फर्स्यौट आयोगका सदस्यसचिव चूडामणि शर्माले कैदमा बसेर पुनरावेदन गरेका हुन् ।

गत साता मात्र उनी अदालतमा उपस्थित भई कारागार चलान भएका हुन् । विशेष अदालतले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दामा गत वर्ष १८ जेठमा फैसला सुनाएको थियो । जसमा शर्माका साथै आयोगका अध्यक्ष लुम्बध्वज महत र अर्का सदस्य उमेश ढकालसमेत दोषी पाइएका थिए ।

गत वर्ष ५ असारमा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले गरेको सजाय निर्धारणअनुसार आयोगका अध्यक्ष महतलाई नौ वर्ष एक महिना तथा दुवै सदस्यलाई नौ–नौ वर्ष कैद सजाय तोकेको थियो । आयोगका विषयमा परेका दुईवटा मुद्दामा गरी कुल ६ अर्ब १५ करोड रुपैयाँ अनियमितता भएको ठहर गरेको थियो । राजस्व चुहावटको मुद्दामा बिगोको दोब्बर जरिवाना हुने व्यवस्थाअनुसार उनीहरूलाई दुई अर्ब पाँच करोड रुपैयाँको दोब्बर रकम जनही चार अर्ब १० करोड रुपैयाँभन्दा बढी जरिवाना हुने भएको थियो । साथै, तीनैजनाबाट बिगो असुलउपरसमेत हुने भएको थियो ।

यो मुद्दाको पूर्णपाठ गत असोजमा आएकोमा उनीहरूले केही दिनअघि मात्र म्याद बुझेका हुन् । जिल्ला अदालत काठमाडौं स्रोतका अनुसार शर्माको हकमा बिहीबार मात्र कैदी पुर्जी जारी गरिदिन सर्वोच्चले पत्र पठाएको हो । शर्मा पुनरावेदन लिएर जाँदा जरिवाना तिर्न नसकेपछि कैदमै बसेर पुनरावेदन गर्न उनी तयार भएका थिए । ‘२३ साउनमा सर्वोच्चमा पुनरावेदन दर्ता भएको छ । जिल्लासँग मिसिल नभएकाले तत्काल जारी नगरिएको हो । तैपनि उहाँ कैदमै हुनुहुन्छ,’ अदालत स्रोतले भन्यो । शर्माले अब आठ वर्ष नौ महिना तीन दिन कैद भुक्तानी गर्न बाँकी छ । आयोगका तत्कालीन अध्यक्ष महत र अर्का सदस्य ढकालले यसअघि नै पुनरावेदन दर्ता गराइसकेका छन् ।

सर्वोच्चका अनुसार ४ असारमै उनीहरूको पुनरावेदन दर्ता भइसकेको छ । उनीहरूले सँगै दर्ता गराई एकसाथ नै कैद भुक्तानी गरिरहेका छन् । आफूहरू केवल आयोगको सदस्य रहेको र ‘राष्ट्रसेवक’को परिभाषाभित्र नपर्ने भएकाले अख्तियारले आफूहरूमाथि मुद्दा चलाउन नपाउने दाबीसहित उनीहरूले पुनरावेदन गरेका हुन् ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३६ मा पुनरावेदन गर्दा पुर्‍याउनुपर्ने रितको विषय उल्लेख छ । यसैको उपदफा (३) (ख) मा ‘फैसलाबाट पुनरावेदकलाई कुनै सजाय भएको रहेछ भने निजले त्यस्तो सजाय भोगेको वा बुझाएको वा त्यसबापत कैदमा रहेको वा जमानत दिएको वा धरौटी राखेको निस्सा’ पुनरावेदनसाथ संलग्न गर्नुपर्ने भनिएको छ ।
धरौटी बुझाउन नसकेकाले नै उनीहरूले कैद भुक्तान गरी कारागारभित्रैबाट पुनरावेदन गरेका हुन् ।

हाल डिल्लीबजार कारागारमा रहेका शर्माले आफू गैरकानुनी रूपमा थुनामा रहेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिटसमेत दर्ता गराएका छन् । उनले शुक्रबार रिट दर्ता गरएका हुन् । रिटमाथि आइतबार न्यायाधीश विनोद शर्माले सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेका छन् । चूडामणिले यसअघि विशेषबाट फैसला भएपछि त्यसको कार्यान्वयनका लागि आफूलाई पक्राउ गर्न नहुने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh