काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । स्लोभाक शहर ह्याण्डलोभामा सरकारी बैठक सकेर बाहिर निस्कने क्रममा उनी माथि गोली प्रहार भएको हो ।
राजधानी ब्राटिस्लाभाबाट करिब १८० किलोमिटरको दुरीमा रहेको ह्याण्डलोभास्थित एक सांस्कृतिक सामुदायिक केन्द्र अगाडि मानिसहरूसँग अभिवादन साटिरहेका बेला उनी माथी गोली प्रहार भएको थियो ।
गोली लागेर घाइते भएका प्रधान मन्त्रीलाई ततकाल हेलिकप्टरबाट अस्पताल लगिएको थियो । उनको पेट, हात र खुट्टामा चोट लागेको बताइएको छ ।
उहाँको फेसबुक पेजमा दिइएको जानकारीअनुसार प्रधानमन्त्रीको अवस्था गम्भीर रहेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।