लहान । सिरहाको लहान नगरपालिका-१७ हरिपुर टोलमा गएराति ६ घरमा लुटपाट भएको छ । ११ बजे रातिदेखि डाकाहरुले बम पड्काएर लुटपाट गरेका छन् । बम पड्किंदा स्थानीयहरु घाइते भएका छन् ।

स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरंजन यादवको घर लुटिएको छ । डाकाहरुले नगद, गरहना लुटेका हुन्।
डाकालाई प्रतिकार गर्न खोज्दा गम्भीर घाइते भएका योगेन्द्र यादव र निरंजन यादवलाई उपचारका लागि विराटनगर पठाइएको छ । अन्य घाइते रामबाबु यादव, विरछ ठाकुर, जोगिन्द्र यादव र मनि यादवलाई रामकुमार सारडा उमाप्रसाद मुरारका प्रदेशिक अस्पताल लहानमा उपचार भइरहेको छ ।
डाकाबाट पीडित भएका परिवारलाई राहत र घाइतेलाई उपचारका लागि लहान नगरपालिकाबाट एक/एक लाख रुपैयाँ उपलब्ध गराउने मेयर महेश चौधरीले जनाएका छन् । मेयर चौधरीले गाउँ र अस्पतालमै पुगेर घटनाबारे जानकारी लिएका छन् ।
घटनाबारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।