लहान । लहान एक्स्पो पुर्णरुपमा सफल भएको छ । यो एक्स्पो फाइदामा मात्र भएको छैन अक्षरा सिंह र प्रीती पासवानको कार्यक्रमको दिन स्थानिय ब्यापारिले लखौको ब्यापार गरेको कुरा लहान एक्स्पोको समापन कार्यक्रममा उधोग बाणिज्य संघका अध्यक्ष बिकास सारदाले जानकारी दिए ।

यो एक्स्पोको मुख्य उपलबधि लहानको बिकास रहेको समेत शारदाले बताए । इतिहास रचन सफल रहेको यो एक्स्पोको हरहिसाब अडिट गरि चुस्त्दुरुस्त तरिकाले पत्रकार सम्मेलन मार्फत सार्वजानिक गर्ने र फाईदामा रहेको समेत बिकास शारदाले भने ।
समापान कार्यक्रमको प्रमुख अतिथी सरोज कुमार यादवले भने बलानले जग्गा कटान समस्या समधान र अस्पताल लगायतमा सहयोग गरेकै हो र नया अस्पताल लहानमा थपेर हरेक बिकास क्षेत्रमा मुख्य मन्त्रीको ध्यान लहानमा रहने आस्वासन दिए । लहानका उधोगपती अन्य प्रदेशमा उधोग बिस्तार गरेको छ तर आफ्नो ठाँउ लहानमा उधोग बिस्तार गर्न सरोकारलाई के गर्नुपर्छ त्यो सुबिधा दिनको लागि ततपर रहने कुरा मुख्यमन्त्री सरोज कुमार यादबले लहानका घनघोर उधोगपती पशुपती शारदालाइ हिम्म्त दिएको छ ।