काठमाडौं । सरकारले आगामी वैशाख २ गतेबाट संघीय संसदको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालू अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।
संसदको हिउँदे अधिवेशन गत माघ २२ गतेबाट सुरु भएको थियो । यसबीचमा संघीय संसदले तीन वटा विधेयक पारित गरेको छ । त्यसैगरी सरकारले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।