काठमाडौं । नेपाली कांग्रेसले इलाम २ को उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रमा पठाएको छ ।कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले आकांक्षीहरूको नाम केन्द्रीय कार्यालयमा पठाएको बताए । उनका अनुसार ५ जना पुरुष र २ जना महिलाको नाम कोशीले केन्द्रीय कार्यालय सानेपा पठाएको छ ।

आकांक्षीहरूमा डम्बरबहादुर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरेका हुन् ।
यता कांग्रेस संस्थापन पक्षले भने जिल्ला सभापति डम्बरबहादुर खड्कालाई प्राथमिकता दिएको छ ।
गत भदौ २६ गते नेम्वाङको निधन भएपछि यो क्षेत्रमा निर्वाचन हुने भएको छ ।