काठमाडौं । गृहमन्त्री रवि लामिछानेबिरुद्ध महान्याधिवक्ताको कार्यलयले मुद्दा नचलाउने भनेकै विवादमा अमेरिकामा रहेका ३ नेपाली विरुद्ध मुद्दा दर्ता भएको छ ।
अमेरिकाको पिआर लिएर नेपाली नागरिकता कायमै राखेको आधारमा प्रहरीले उनिहरुबिरुद्ध नागरिकतासम्बन्धि कसुरमा मुद्दा दायर गरेको हो । दोहोरो नागरिकता प्रयोग गरेको भन्दै काठमाडौं प्रहरीले बुधबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । सोही कसुरमा दोषी देखिएका रवि लामिछानेलाई भने महान्याधिवक्ताको कार्यलयले मुद्दा नचलाउने निणर्य गरेर उनलाई जोगाएको थियो ।
अमेरिकाको कोलम्बस, ओहिवो बस्ने मुकेश कुमार सिंह र उनकी श्रीमति तथा दाईलाई प्रहरीले दोहोरो नागरिकता प्रयोग गरेको कसुरमा मुद्दा दायर भएको थियो । प्रहरीका अनुसार उनिहरुले अमेरिकी नागरिकता लिएपछि पनि नेपाल आएर नेपाली नागरिकताकै आधारमा घरजग्गा किनबेच गरेका थिए ।
मुकेश कुमार सिंहका बिरुद्ध उनकै आमा नाता पर्नेले प्रहरीमा उजुरी दिएकी थिईन । तर, सोही बिवादमा हालका गृहमन्त्रीसमेत रहेका रवि लामिछानेका बिरुद्ध अभियान्ता युवराज सफलले उजुरी दिएका थिए । रोचक त यो छ यी तिनैजना बिरुद्ध उजुरी दिने महिलाले तत्कालिन अवस्थामा युवराज सफलको रिटमा सर्वोच्वले लामिछानेका बिपक्षमा गरेको फैसलाकै आधार बनाएर निवेदन दिएकी थिईन ।
तर, शक्तिको आडमा लामिछाने बिरुद्ध मुद्दा नचलाउने निर्णय गरेर उन्मुक्ति दिएको भएपनि पहुँच नहुनेहरुका बिरुद्ध भने मुद्दा दायर भएको हो । लामिछानेले पनि अमेरिकी नागरिकता त्याग नगरी नेपालको पुरानो नागरिकता प्रयोग गरेका थिए । त्यही आधारमा चुनाव समेत लडे ।
जसकारण नागरिकतासँगै सर्वोच्चले पद पनि खारेज गरेको थियो । पछि उनले नयाँ प्रक्रियाबाट नागरिकता लिइ उपनिर्वाचन लडेका थिए । उनले कानूनी कारबाहीबाट भने उन्मुक्ति पाएका थिए । तर, पहुँच नभएका सर्वसाधरणविरुद्ध भने प्रहरीले मुद्दा चलाउन थालेको भन्दै यसको आलोचना समेत हुन थालेको छ ।
संयोग सोही कसुरमा उन्मुक्ति पाएका लामिछाने गृहमन्त्री भएकै बेला प्रहरीले सोही कसुरमा सर्वसाधरणमाथि मुद्दा चलाएको हो ।