काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभाको सदस्यले पनि प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताएकी छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्रीको उम्मेदवार बन्न पाउने व्यवस्था हुनुपर्ने माग राखेका हुन् ।

गौतमले राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यहरुको संलग्नता भएको प्रस्तावबाट मात्रै प्रधानमन्त्रीलाई अविश्वास गर्न पाउने व्यवस्था हुनुपर्ने बताए । उनले राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभा सभामुख बाहेक अरु कसैलाई पनि महाअभियोग लगाउँदा राष्ट्रिय सभा सदस्यहरुको संलग्नता बेगर लगाउन नपाउने व्यवस्था राख्नुपर्ने बताए ।
उनले दुवै सभाबाट उत्पत्ति हुने विधेयक अन्तिममा पारित गर्ने अधिकार प्रतिनिधि सभालाई नभई संघीय संसद्को संयुक्त बैठकलाई हुनुपर्ने बताए ।