काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आज नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री नियुक्त गरेका हुन् ।
चौधरीलाई बिना विभागीय मन्त्री बनाईएको छ । उनले आजै प्रदेश प्रमुख देवराज जोशीसमक्ष पद तथा गोपनियताको शयथ लिएका छ्न । नाउपा संसदीय दलका नेतासमेत रहेका घनश्याम चौधरी आर्थिक मामिला मन्त्री, खुसीराम चौधरी विनाविभागीय र इन्दिरा गिरीले भूमि व्यवस्था राज्यमन्त्रीको जिम्मेवारी पाएसँगै शपथसमेत लिइसकेका छन् । योसँगै नागरिक उन्मुक्तिबाट सरकारमा सहभागी मन्त्रीको संख्या ५ पुगेको छ ।
सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले सत्ता जोगाउन नाउपाका सबै सांसदलाई मन्त्री बनाईरहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !