काठमाडौं । एक पछाडि अर्काे विवाद र अनियमिततामा मुछिएका मुख्य सचिव बैकुण्ठ अर्याललाई बिदा बस्न निर्देशन दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुखय सचिव बैकुण्ठ अर्याललाई बिदामा बस्न निर्देशन दिएका हुन ।
मुख्य सचिव अर्याल टेरामेक्स,विकल पौडेलसँगको आर्थिक कारोवारका अलवा टेलिकम कम्पनीहरुको गेट–वे छलेर हुने कल बाइपास र राजस्व चुहावट नियन्त्रणका लागि टेरामक्स प्रणाली खरिदसम्बन्धी अनियमिततामा मुछिएपछि उनलाई बिदा बसेर मार्गप्रशष्त गर्न निर्देशन दिइएको हो ।
मुख्यसचिव बैकुण्ठ अर्याललाई आजदेखि बिदामा बस्न भनिएको छ । नेपाल टेलिकमको बिलिङ सिस्टममर्मत अनियमित सम्झौतामा मुछिएको समाचारपछि उहाँलाई बिदामा बस्न प्रधानमन्त्रीले हिजै राती निर्देशन दिनुभएको बताइएको छ ।
अर्याल बिदामा बसेपछि मन्त्रिपरिषद सञ्चालनको निम्ति निमित्त मुख्यसचिवको खोजी भएको छ । त्यसबारे फाइनल नभइसकेको बालुवाटार स्रोतको दावी छ ।अख्तियारले यी प्रकरणमा जोडेर अर्याललाई समेत प्रतिवादी बनाएर मुद्धा चलाएको खण्डमा मुख्यसचिवलाई नै भ्रष्टाचार मुद्दामा डामिएको पहिलो उदाहरण बन्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !