काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संसद् बैठक कर्मकाण्डका लागि मात्रै चलाइराख्नुको कुनै औचित्य नभएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले जनताका समस्याको ठोस समाधान गर्ने सरकारको जवाफ नआएसम्म कर्मकाण्डका लागि मात्रै संसद् चलाइराख्नुको कुनै औचित्य नभएको बताएका हुन् ।

उनले मिटरब्याज, लघुवित्त र सहकारी पीडितहरुको समस्या समाधानमा सरकार जिम्मेवार हुनुपर्ने बताए । व्यवसायीको समस्या, रसियन सेनामा नेपाली भर्ती भएका विषयहरु संसदमा चर्को रुपमा उठे पनि सरकारले नसुनेको बताए ।
उनले संसदमा उठेका आवाजहरु सरकारले नसुने संसदमा बोल्नुको कुनै अर्थ नभएको बताए । उनले सरकार र राजनीतिक दलको काम के हो ? भनी प्रश्न गरे । सरकारले समसामयिक विषयहरुको सबैको जवाफ दिनुपर्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !