काठमाडौं । सभामुख देवराज घिमिरले प्रतिपक्षी दलहरुले उठाएका विषयमा २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरुले ६ फागुनयता बालकुमारी घटना, मिटरब्याज र सहकारी पीडितको आन्दोलनलगायतका विषयमा सरकारको जवाफ माग्दै आएका छन् ।
१४ फागुनको बैठकमा सभामुख घिमिरेले आगामी बैठकमा जवाफ दिन रुलिङ गरेका थिए । तर (शुक्रबार) आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएका छन् ।
संसद बैठकको सुरुमै एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री खोजी गरिदिन माग गरे भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि अब संसद चल्न नसक्ने बताएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !