सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) सन्तोष आचार्यले तस्कर विरुद्ध कठोर रुपमा प्रस्तुत भएका छ्न । नेपाल र भारत सिमा खुला रहेको हुदा तस्करहरु सक्रिय भएको सूचना पाउने बितिकै एसपी आचार्यले कडा निगरानी बढाएका छन् ।
एसपी आचार्यले ईलाका प्रहरी प्रमुख , प्रहरी चौकीका प्रमुख र सिमा प्रहरी चौकीका प्रमुखहरुलाई नि तस्कर विरुद्ध खरो उत्रिन समेत निर्देशन दिएका छ्न । एसपी आचार्य तस्कर विरुद्ध कठोर बन्न निर्देश दिएपछि नेपाल प्रहरीले सीमानाकादेखि सहरसम्म तस्करमाथि निगरानी बढाएपछि पछिल्लो समय दैनिकजसो तस्कर र तस्करीका सामान पक्राउ पर्दै छ ।
सिरहामा करीब १७ लाख ९० हजार मुल्य बराबरको भन्सार छलीका सर्जिकल सामानहरुसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लहान नगरपालिका ४ स्थित भित्री सडक खण्डमा भारतबाट नेपालतर्फ भन्सार छली स्कुटरमा ल्याइदै गरेको २ बोरा सर्जिकल सामान र प्र.२-०१-००२ प.८६०२नम्बरको स्कुटी सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र ईप्रका लहान सिरहाबाट खटिएको सन्युक्त टोलीले दक्षिणबाट उत्तरतर्फ जादै गरेको प्र.२-०१-००२ प.८६०२ नं. को स्कुटरलाई रोकी स्कुटर चेकजाँच गर्दा स्कुटरमा लोड गरि ल्याएको २ बोरामा Bipolan Hip prosthesis लेखिएको २० प्याकेट प्रति प्याकेट अन्दाजी मुल्य रु.२०,०००।– (विस हजार)को दरले अन्दाजी मुल्य रु चार लाख, Expent Tibig Jnsrumont set लेखिएको १ सेट अन्दाजी मुल्य चार लाख, Supra Inxthuments लेखिएको १ सेट अन्दाजी मुल्य चार लाख, विभिन्न साईजको सानो ठुलो स्टिल प्लेट १९५ पिस अन्दाजी मुल्य तीन लाख पचास हजार, स्टिलको गोलो रड २ पोकामा २५ पिस अन्दाजी मुल्य रु एक लाख, सानो मझौला र मसिनो स्टिलको रड ३ पोका अन्दाजी मुल्य रु नब्बे हजार र लोड गरेको प्र.२-०१-००२ प.८६०२ नं.को स्कुटरको अन्दाजी मुल्य रु पचास हजार गरीजम्मा मुल्य सत्र लाख नब्बे हजार मुल्य बराबरको मेडिकल सर्जिकल सम्बन्धी (मानिसको अप्रेशन/ शल्यक्रिया गर्दा प्रयोग गरिने)स्टिल तथा पार्टपुर्जा सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सामानहरु स्कुटरमा ल्याउदै गरेका सिरहा लहान नगरपालिका वडा नं.१९ बस्ने वर्ष १९ को निरस सदाय , सोही ठाउँ बस्ने वर्ष १९ को राजेश कुमार सदाय र सोही ठाउँ वडा नं.२४ बस्ने वर्ष १९ को अशोक सदाय लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बरामद सामानहरु, स्कुटर र मानिसहरुसहित आवश्यक कार्वाहीको लागि ठाडी भन्सार कार्यालय ठाडी सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !