काठमाडौं । राजस्व अनुसन्धान विभागले केही दिन अगाडि कस्टमेटिक आइटम डा.रसेल आयात र बिक्री वितरण गर्ने कम्पनीमा छापा मा¥यो । विभागले पसल र केही गोदाम समेत सिल ग¥यो । छापा मारेर पसल र गोदाम सिल गरेर केही दिनमा विभागले सिल खोल्यो र कारोबार नियमति गर्न अनुमति दियो ।
कस्मेटिक बजारको हब भनेर चिनिने मखनस्थित अरुण अग्रवालले सञ्चालन गरेको फेस केयर नामक पसल र उसको गोदाममा विभागले छापा मारेको थियो । तर, विभागले उक्त फर्मका सञ्चालक र डा.रसेलका उत्पादन तथा राजस्व चुहावटको गहिरो अनुसन्धान नै नगरी प्रभावमा उक्त कम्पनीलाई उन्मुक्ति दिएको ÷ दिन खोजेको स्रोतले जनाएको छ ।
डा.रसेलका कस्मेटिक आइटमहरूमा भिटामिन सीआधारित विभिन्न फेस क्रिम, हेयर क्रिम, स्क्रिन केयरलगायत डेढ सय बढी उत्पादनहरू बिक्री वितरणमा रहेको पाइन्छ । देखावटीरूपमा अरुण अग्रवाल डा. रसेलका अधिकृत बिक्रेता हुन् । तर अरुणसँगै उनका अरु दुई जना पार्टनरहरू पर्दा पछाडि रहेको बताइएको छ ।
मान्छेको स्वास्थ्यसँग प्रत्यक्ष प्रभाव पार्ने छाला रोग तथा अन्य विभिन्न भ्रम दिएर डा. रसेलका उत्पादनहरू नेपालभर बिक्री वितरण गरिएको छ । विभिन्न अनलाइन सपिङ पोर्टल तथा प्रत्यक्षरूपमा समेत डा. रसेलका उत्पादनहरू अरुण अग्रवालले बिक्री वितरण गर्दै आएका छन् ।
मखनमा पसल र अफिस रहेको डा. रसेलको शो रुम भने याट्खामा पनि रहेको बताइएको छ । काठमाडौंका विभिन्न ठाउँमा गोदामहरू रहेको बताइए पनि राजस्व अनुसन्धान विभागले त्यसको पत्तै पाएन् । झन् पार्टनरहरूका विषयमा त विभागले आँखा चिम्लियो । विगत लामो समयदेखि ठुलो मात्रामा राजस्व र भन्सार छली गर्दै आएको अरुण अग्रवाल एन्ड कम्पनीले छोटो समयमा अकूत सम्पति कमाएको जानकारहरू बताउँछन् । समाचार स्रोतका अनुसार डा.रसेल आयात गर्ने अरुण अग्रवाल एन्ड कम्पनीले म्याद गुज्रेका सामानहरू रिडेट गरी बिक्री वितरण गर्ने गरेको बताइएको छ ।उनको पसल तथा गोदाममा म्याद गुज्रेका सामानहरू पाइएको स्रोतले बताएको छ ।
राजस्व अनुसन्धान विभागले छापा मारेर अनुसन्धान गर्दा कम्पनीले कति राजस्व छलेको छ , उसका उत्पादनहरू सम्बन्धित ठाउँबाट अनुमति लिएर बिक्री वितरण गरिएको छ कि छैन् , भन्सार ÷ राजस्व र भ्याटको अवस्था कस्तो छ , सबै अनुसन्धान गर्नुपर्नेमा त्यसो नगरी राजस्व अनुसन्धान विभागले उन्मुक्ति दिने गरेको यससँगै कैयौँ उदाहरणहरू छन् ।
यससम्बन्धमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको बताएको छ भने फेस केयरका मालिक अरुण अग्रवाल सम्पर्कमा आउन चाहेनन् । कस्मेटिक व्यवसाय संघका सह कोषाध्यक्ष सुवास अग्रवालले यो विषय राजस्व अनुसन्धान विभागका महानिर्देशकसमेतसँग कुराकानी गरेर सहमति भइसककेको बताउँदै समाचारको कुनै औचित्य नहुने बताए । डा. रसेल चीनमा उत्पादन गरेर अरुण अग्रवाललगायतले नेपाल आयात गर्ने गर्छन् । डा.रसेलको ब्रान्ड भारतमा समेत दर्ता छ । डा. रसेल दुबई लगायतका देशमा चर्चित नाम हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !