सिरहा । पछिल्लो समय सिराहा प्रहरीले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरु गरिरहेका छन् ।समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप जिल्ला प्रहरी कार्यालय सिरहा मातहातका प्रहरी कार्यालयहरुले विद्यालय तथा वडाहरुमा जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेका हुन् ।
इलाका प्रहरी कार्यालय लहान सिराहाले जिल्लाको लहान नगरपालिका– १५ स्थित रहेको श्री सगरमाथा माध्यमिक विद्यालय ढोढ्नामा लागुऔषध दुर्व्यसन तथा अवैध ओसारपसार विरुद्धको सचेतनामूलक कार्यक्रम गरेका छ्न् ।त्यस्तै प्रहरी चौकी सितापुर सिरहाले लक्ष्मीपुरपतारी गाउँपालिका– ६ स्थित श्री जनता आधारभूत विद्यालय देवाडी सितापुर सिरहाको कक्षाकोठामा बालविवाह विरुद्धको सचेतनामूलक कार्यक्रम गरेका छ्न् ।
अर्नमा गाँउपालिका– ३ स्थित रहेको पुन्यलाल मदनलाल श्रेष्ठ माध्यमिक विद्यालय अर्नमा सिरहाको कक्षाकोठामा इलाका प्रहरी कार्यालय अर्नमा सिरहाले ‘मानव बेचविखन तथा ओसारपसार विरुद्धको सचेतनामूलक कार्यक्रम’ सम्पन्न गरेका छ्न् । विद्यालयका प्रधानाध्यापकहरुको अध्यक्षतामा सम्पन्न भएको ‘प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम’मा प्रहरी कर्मचारीहरु, विद्यालयका शिक्षक–शिक्षिका तथा छात्र–छात्राहरुको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !