काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई जना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाका दोषीलाई कारबाही गरिने बताएका छन् ।

आज (आइतबार) प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले उक्त घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री दोषी देखिएको भन्दै सरकारको ध्यानाकार्षण गराएपछि प्रधानमन्त्री प्रचण्डले दोषी पाइए कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् बैठक पनि बोलाइएको बताए । उनले आजकै बैठकले मन्त्री ज्वालालाई कारबाही गर्ने संकेत गरे ।
‘छानविन समितिले जो प्रतिवेदन ल्याएको छ, गृह मन्त्रालयमा छानविन समितिले बुझाएको छ । आज मैले बुझ्दैछु । प्रधानमन्त्रीको हैसियतले अहिलेसम्म मैले हेरेको छैन । मैले गर्दैछु । आजै क्याविनेट छ । सरकारले बनाएको छानविन समितिले छानविन गरेर ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ । म यो विश्वास दिलाउन चाहन्छु,’– प्रधानमन्त्री प्रचण्डले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !