राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–८ बाट गोरु काटेको आरोपमा बुधबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका–१३ का ४० वर्षीय जफ्रुल मन्सुरी, ३५ वर्षीय कैयुजुम मन्सुरी र २५ वर्षीय मो सम्सादलाई पक्राउ गरेको जनाएको हो ।
स्थानीय तेजनारायण सिपलियाको गोरु हराएपछि खोजतलास गर्ने क्रममा उनीहरुले काटेर खाएको खुलेको थियो । त्यसपछि तीनै जनालाई पक्राउ गरि प्रहरीको जिम्मा लगाएको वडा नम्बर ८ का अध्यक्ष अजय यादवले बताए ।
तिनै जना इलाका प्रहरी कार्यालय हनुमाननगरको हिरासतमा छन् । घट्नाको विषयमा थप अनुशन्धान राखी अनुसन्धान भइरहेको सप्तरीका एसपी गजुसिद्वी बज्राचार्यले बताए ।
पक्राउ परेका तीनै जना यसअघि पनि पशु चौपाया चोरी गर्ने र बेपत्ता पार्ने घटनामा संलग्न रहँदै आएको वडा अध्यक्ष यादवले जानकारी दिए । गाई, गोरु, भैँसी, खसी लगायतका चौपाया चोर्ने, काटेर खाने तथा जिउँदै बेचबिखन गर्ने कार्यमा उनीहरुको संलग्न रहेको स्थानीयको भनाई छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !