Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरीको सरुवामा ‘शक्ति केन्द्र’को खुलेयाम हस्तक्षेप, बढुवा पनि अलपत्र

प्रहरीको सरुवामा ‘शक्ति केन्द्र’को खुलेयाम हस्तक्षेप, बढुवा पनि अलपत्र

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सरुवा अवधि पुगेका विभिन्न जिल्लाका प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा निकाल्न सकिरहेको छैन । प्रहरी नियमावलीअनुसार प्रहरी अधिकारीहरूको सरुवा अवधि एक वर्ष तोकिएको छ ।

तर, दर्जनबढी जिल्ला प्रहरी प्रमुखले कमाण्ड गरेको १३ महिना बितिसक्दा पनि उनीहरूको सरुवा हुन नसकेको हो । समयमै सरुवा गर्न नसेकेको भनेर प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर आलोचित पनि हुन थालेका छन् ।

कुँवर आलोचित हुनुको पछाडि कारण भने राजनीतिक दबाब रहेको प्रष्ट छ । प्रक्रिया मिलाएर एसपीहरुको सरुवा गर्ने तयारीमा आईजीपी कुँवर छन् । तर, गृह मन्त्रालय र बालुवाटारले हस्तक्षेप गरेपछि कुँवरले सरुवाको प्रक्रिया अगाडि बढाउन नसकेका हुन् ।

प्रहरीभित्र हरेक दर्जाको बढुवामा शक्ति केन्द्रको हस्तक्षेप देखिन्छ । आईजीपी कुँवरको कार्यकालमा मात्र होइन, यसअघिका नेतृत्वको कार्यकालमा त झनै योभन्दा बढी राजनीतिक हस्तक्षेप हुने गरेको एक सिनियर प्रहरी अधिकृत बताउँछन् ।

झापा, पर्सा, कैलाली, सिन्धुली, सिन्धुपाल्चोक र सुर्खेत, मोरङ, महोत्तरी, सिरहा, रुपन्देही, चितवन, बर्दिया, कञ्चनपुर, काभ्रे, धादिङ, तनहुँ, स्याङ्जा, बागलुङ, गोरखा, पाल्पा, गुल्मी र धनकुटाका एसपीले कमान्ड सम्हालेको एकवर्ष पूरा भएको छ । उनीहरु सरुवा कुरेर बसिरहेका छन् ।

तर, उनीहरूको नियमित सरुवा रोकिएको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सचिवलाय सदस्यका कारण एसपीको सरुवा अलपत्र परेको हो । गृहमन्त्रीकै कारण ढिलाइ भइरहेको ती प्रहरी अधिकृत बताउँछन् ।

एसपीसम्मको सरुवाको अधिकार प्रहरी नियमावलीअनुसार प्रहरी महानिरीक्षकलाई दिइएको छ । तर, कुनैपनि आईजीपीले गृहमन्त्रीको अनुमतिबिना सरुवा गर्ने परम्परा नै नबसाल्दा प्रहरीको सरुवा–बढुवामा राजनीतिक हस्तक्षेप बढेको हो ।

प्रहरी उपरीक्षकका लागि आकर्षित मानिएका पर्सा, मोरङ, झापा, रुपन्देही जस्ता जिल्ला जान शक्ति केन्द्रबाट दबाब सिर्जना भएपछि सरुवा नै अवरुद्ध भएको बताइन्छ । शक्तिकेन्द्र रिझाएर अधिकांश एसपीहरु ‘क’ श्रेणीको जिल्ला जान लागिपरेका छन् ।

त्यतिमात्र नभएर कतिपय एसपी यसअघि नै ‘क’ जिल्ला इन्चार्ज बसिसकेका छन् । आईजीपी कुँवरले बनाएको सरुवा मापदण्डमा ‘क’ बाट ‘क’ मा जान नपाइने व्यवस्था छ । तर, ‘क’ मा बसेर फेरी ‘क’ मै जान खोज्नेहरु पनि रहेकाले सरुवा अलपत्र बनेको हो ।

आईजीपी कुँवर मापदण्डअनुसार सरुवा गर्ने तयारीमा छन् । जस्तो यसअघि ‘ख’ मा बसेकालाई ‘क’ मा पठाउने र नयाँलाई पहिलो चरणमा ‘ख’ जिल्ला दिने अडानमा छन् । यो उपाय नै सबैभन्दा राम्रो रहेको भन्दै ब्याचीहरुले समेत कुँवरलाई सुझाव दिएको बताइन्छ ।

बढुवा पनि अलपत्र

नेपाल प्रहरीमा एसपीको पद रिक्त भएको २ महिना बढी भयो । तर, गृह मन्त्रालय र बालुवाटारको हस्तक्षेपका कारण प्रहरी प्रधान कार्यालयलाई एसपी बढुवा निकाल्न निकै हम्मे परेको छ । प्रक्रिया मिलाएर रिक्त रहेका भन्दा बढी पदमा प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूको बढुवा गरेर एसपीमा ल्याउने आईजीको तयारी छ । तर, गृहमन्त्रालयले पठाउनुपर्ने फाइल मन्त्रिपरिषदमा पठाएको छैन् ।

आईजीपी कुँवरले भरसक प्राविधिक तर्फका दरबन्दी मिलाएर बढुवा गर्ने तयारी गरेका छन् । बढुवाका लागि प्रतिस्पर्धी धेरै भएकाले तत्काल छान्न नसक्नु अर्को कारण पनि रहेको छ । प्रहरी प्रधान कार्यालयले बढुवा गर्नुपर्ने ८ एसपीका लागि दर्जनौं डिएसपीहरु प्रतिस्पर्धामा छन् । एकै ब्याजमा भर्ना भएर आएका डिएसपीहरूको संख्या धेरै छ ।

बढुवा प्रक्रिया मिलाउनका लागि प्रहरी प्रधान कार्यालयले प्राविधिक तर्फका दुई दरबन्दी साधारण समूहतर्फ समायोजन गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । संगठनको नीतिअनुरुप काम गरेकालाई बढुवा गर्ने तयारीमा महानिरीक्षक कुँवर छन् । प्राविधिक र एमटी (सवारी व्यवस्थापन) शाखामा रिक्त दरबन्दीलाई साधारण समूहतर्फ सार्ने उनको तयारी छ । यसका लागि मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने हुन्छ ।

मन्त्रिपरिषदबाट निर्णय भएर आउनुपर्ने भएकाले यो प्रक्रियाका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा प्रस्ताव पनि पठाइसकेको छ । प्रहरी मुख्यालयले पठाएको पस्तावमाथि अहिले अध्यायन भइरहेको गृहका एक अधिकारीले बताए । आउने मन्त्रिपरिषदमा उक्त प्रस्ताव लैजाने गृहमन्त्रीको तयारी छ । एसपी बढुवामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि चासो छ ।

बढुवाको तयारीमा रहेका डिएसपीहरूले पनि आफूलाई बढुवामा पार्नका लागि अनेक उपायहरु अपनाइरहेका छन् । मेरो डिएसपीलाई एसपीमा बढवा गरिदिनुपर्यो भनेर गृहमन्त्री समक्ष धाउने नेताहरूको संख्या नि धेरै छ । जति बढुवा रोकेर राख्यो उतिनै महानिरीक्षक कुँवर दवावमा पर्दै आएका छन् । प्रक्रिया अनुसार नै बढुवामा जाँदा प्रतिस्पर्धी धेरै छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार अहिले बढुवा प्रक्रियामा रहेकाहरू सबैले एकैसाथ ०६१ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका छन् । उनीहरू ०७२ साउन १ गते डिएसपीमा बढुवा भएका थिए । उनीहरूसँगैका केही डीएसपी गएको वैशाखमै बढुवा भइसकेका छन् । यो ब्याचका डिएसपी तीन चरणमा बढुवा भएर एसपी बन्ने चरणमा छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh