बारा । बाराबाट नक्कली नोटसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक सुरेश प्रसाद काफ्लेका अनुसार जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले बुधबार बारा–जितपुरसिमरा उपमहानगरपालिका– ७ जितपुर बजारमा नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा तत्काल एक जना र उक्त कार्यमा संलग्न अन्य चार जनालाई पक्राउ गरिएको हो ।
उनीहरुलाई विभिन्न ठाउँहरुबाट पक्राउ गरी एक हजार दरको नोट थान ६१ नक्कली नोट र भारतीय सिमकार्डसहितको मोबाईल ७ थानसमेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका– ३ बस्ने वर्ष ४४ का रामचन्द्र महतो कोईरी, जिल्ला बारा परवानिपुर गाउँपालिका– ५ बस्ने सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका– १० बस्ने बिशाल कुमार श्रीवास्तव र सोही ठाउँ बस्ने निरज श्रीवास्तव रहेको प्रहरी उपरिक्षक काफ्लेले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !