लहान । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत दुखि कापरले असारे विकासको परम्परा अन्त्य गर्न प्रतिबद्ध रहेको बताएका छन् । बरियारपट्टि गाउँपालिकाबाट सरुवा भई लक्ष्मीपुर पतारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका कापरले गाउँपालिकाद्वारा आयोजित परिचात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत कापरले असारमा गरिने विकासीय कार्य प्रभावकारी नहुने भन्दै अगाडि नै विकासीय कार्यलाई सम्पन्न गर्न प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनप्रतिनिधि र सहकर्मी कर्मचारीहरुको सहकार्यबाट असारमा खर्च गर्ने परम्परालाई अन्त्य गरी बैशाख भित्र पूर्वाधार विकासको कार्य सम्पन्न गर्न प्राथमिकताको साथ काम गर्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत कापरलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरले पालिकाको समग्र विकासमा उल्लेखनीय सफलता पाउनेमा विश्वास व्यक्त गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !