रौतहट । मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) यज्ञ बिनोद पोखरेलले नागरिकमैत्री सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गरी गुणस्तर अभिवृद्धिका लागि प्रतिबद्ध हुन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

प्रहरी नायब महानिरीक्षक पोखरेलले जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासत कक्ष, कार्यालय भवन, सामुदायिक प्रहरी सेवा केन्द्र, विभिन्न शाखाहरू, मेष तथा व्यारेक समेतको निरीक्षण गर्न तथा सम्बोधन गर्दै संगठनको आन्तरिक सुदृढीकरणमा पनि ध्यान दिन निर्देशन दिए ।











प्रहरी नायब महानिरीक्षक पोखरेलले भने, ‘त्यसका लागि विशुद्ध रूपमा व्यावसायिक निष्ठाका साथ कार्य सम्पादन गर्ने, संगठनप्रति बफादार रहने, व्यक्तिगत स्वार्थभन्दा संगठनको स्वार्थलाई प्राथमिकतामा राख्ने र त्यो अनुसारको काम कारबाही बोल्नेभन्दा पनि व्यवहारमा लागू गरी त्यसको रिजल्ट आउने गरी कार्यसम्पादन हुनुपर्छ ।’



प्रहरी नायब महानिरीक्षक पोखरेलले सीमावर्ती अपराध नियन्त्रण, तस्करी नियन्त्रण, अवैध चोरी पैठारी नियन्त्रण तथा राजस्व संकलनमा थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै कार्यालय प्रमुखले आआफ्नो मातहत कार्यालयको सुपरीवेक्षण तथा अनुगमन गर्न आग्रह गरेका छन् ।

नागरिकप्रति अपनत्व भाव राखी नागरिकस्तरबाट आएका सूचनालाई प्रोएक्टिभ रूपमा प्रयोग गर्नुपर्ने उल्लेख गर्दै उनले संगठनको छवि र साखमा वृद्धि गर्न विभिन्न किसिमको सिर्जनात्मक क्रियाकलाप सञ्चालन गरी संगठनको लक्ष्य प्राप्तिका लागि सबै एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !