Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

केन्द्र, प्रदेशदेखि वडाध्यक्षसम्म २५ स्थानमा जनप्रतिनिधि रिक्त, बैशाखमा उपनिर्वाचनको तयारीमा आयोग

केन्द्र, प्रदेशदेखि वडाध्यक्षसम्म २५ स्थानमा जनप्रतिनिधि रिक्त, बैशाखमा उपनिर्वाचनको तयारीमा आयोग

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोग उपनिर्वाचनमा जुटेको छ ।

स्थानीय तह, प्रदेश र केन्द्रमा समेत रिक्त जनप्रतिनिधि परिपूर्तिका लागि आयोगले आफ्नो काम थालेको हो । निर्वाचन आयोगले सरकारसँग अनौपचारिक रुपमा छलफलसमेत गरेको छ ।

सरकारसँगको छलफलपछि छिट्टै उपनिर्वाचनको मिति तय हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले यसअघि यहि माघमा उपनिर्वाचन गर्ने तयारी गरेपनि राष्ट्रिय सभा निर्वाचनको कारण उपनिर्वाचनको मिति पर सरेको हो । आयोगले सकेसम्म बैशाखमै र सम्भव नभए जेठको पहिलो साता उपनिर्वाचन गर्नेगरी काम अगाडि बढाएको छ ।

संविधानको धारा २१५ को उपधारा ९ मा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा रिक्त पदको पूर्ति उपनिर्वाचनबाट हुने व्यवस्था छ ।

यस्तै संविधानकै धारा २१६ को उपधारा ९ मा नगरपालिकाको प्रमुख वा उपप्रमुख एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा रिक्त पदको पूर्ति उपनिर्वाचनबाट हुने व्यवस्था छ । वडा अध्यक्षको हकमा पनि यही कानूनी व्यवस्था छ । ऐनको सोहि व्यवस्थालाई पालना गर्दै निर्वाचन आयोग उपनिर्वाचनको तयारीमा जुटेको हो ।

आयोगका अनुसार प्रतिनिधि सभा, प्रदेश सभा, जिल्ला समन्वय समिति र स्थानीय तह गरी कुल २५ पद रिक्त छन्, जसमध्ये दुई पद जिल्ला समन्वय समितिका प्रमुखको छ ।

आयोगका अनुसार देशचर १७ वडाध्यक्षको पद रिक्त छन् । नगर उपप्रमुख एक, गाउँपालिकाका अध्यक्ष एक र उपाध्यक्षको दुई पद रिक्त छन् । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको एक एक पद रिक्त छन् ।

यसरी रिक्त हुनेहरुमा गत वर्ष सम्पन्न आम निर्वाचनमा ईलाम २ बाट निर्वाचित संविधान सभाका अध्यक्ष, पूर्व सभामुख नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बावङको निर्वाचन क्षेत्र इलाम २ रहेको छ । नेम्वाङको गत भदौ २६ गते आकस्मिक निधन भएपछि संघीय संसद्मा एक सिट खाली रहेको हो । यसैगरी सवारी दुर्घटनामा परी प्रदेश सभा सदस्य एवं सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएसँगै उनी निर्वाचित बझाङ १ (१) रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।

जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेल अघिल्लो पुसमा मिर्गौला फेल भएर निधन भएपछि यो पद रिक्त छ । त्यस्तै ओखलढुंगाका जिसस प्रमुख डिल्लीराम खनाल गत १३ असोजमा उपचारका क्रममा निधन भएपछि पद रिक्त छ ।

दैलेखको महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको उच्च रक्तचापका कारण गत माघमा निधन भएपछि यो पद पनि रिक्त छ । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातबाट निधन भएपछि पद रिक्त छ ।

नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको गत कार्तिक १७ गते गएको विनासकारी भूकम्पमा परेर ज्यान गएको हो । उनी नेपाली कांग्रेसको तर्फबाट निर्वाचित उपमेयर हुन् ।

त्यस्तै बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको गत माघ ४ गते निधन भएको थियो । उनी पनि नेपाली कांग्रेसको तर्फबाट निर्वाचिन पालिका उपाध्यक्ष हुन् ।

यी वडा जहाँ पद रिक्त छन् ।

गढी गाउँपालिका ६– वडाध्यक्ष सदानन्द उरावं

त्रियुगा नगरपालिका १२–वडाध्यक्ष चुडाराज काफ्ले

इशनाथ नगरपालिका ६ – वडाध्यक्ष….

राजपुर नगरपालिका ६– वडाध्यक्ष शेख मोजरे आलम

कीर्तिपुर नगरपालिका ४– वडाध्यक्ष श्यामकुमार अधिकारी

ककनी गाउँपालिका २– वडाध्यक्ष तिलकबहादुर लामा

हेटौंडा उपमहानगरपालिका १२– वडाध्यक्ष ललितबहादुर घलान (जिसस प्रमुख बनेका )

गोरखा नगरपालिका ५– वडाध्यक्ष खिलबहादुर लामा

रुन्टिगढी गाउँपालिका ४– वडाध्यक्ष टंकबहादुर पुन

ठाकुरबाबा नगरपालिका ४– वडाध्यक्ष सूर्यबहादुर विष्ट (जिसस प्रमुख बनेका)

तिलागुफा नगरपालिका ४–वडाध्यक्ष परमबहादुर शाही

कुशे गाउँपालिका ७– वडाध्यक्ष मनबहादुर घर्ती

दुहुँ गाउँपालिका ५– वडाध्यक्ष मनोरथ भट्ट

सुर्मा गाउँपालिका ४– वडाध्यक्ष सर्जन बोहरा

पुर्वीचौकी गाउँपालिका ६ – वडाध्यक्ष पुष्पराज जोशी

काठमाडौं महानगरपालिका १६– वडाध्यक्ष मुकुन्द रिजाल

गुल्मीको मुसिकोट नगरपालिका– १ का वडाध्यक्ष मोहन घिमिरे

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh