Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

निर्जीवन बिमा व्यवसायमा सुस्तता

निर्जीवन बिमा व्यवसायमा सुस्तता

काठमाडौं । निर्जीवन बिमा व्यवसायमा सुस्तता आएको छ । अर्थतन्त्रमा आएको सुस्तताले बैंक तथा वित्तीय क्षेत्रमा मात्र नभई बिमा क्षेत्रमा पनि असर गरेको हो । बिमा क्षेत्रको नियामक बिमा प्राधिकरणका अनुसार निर्जीवन बिमा कम्पनीको व्यवसाय ३.१९ प्रतिशतले घटेको छ । पोलिसी परित्याग गर्ने, बिमा नै नगर्ने लगायतका कारण बिमा क्षेत्रमा समस्या सृजना भएको हो । आर्थिक गतिविधि खुम्चिएका कारण आर्थिक वर्षको सुरुवातदेखि नै बिमा व्यवसायमा संकुचन आएको हो ।

बिमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बिमा कम्पनीले दोस्रो त्रैमाससम्म १९ अर्ब ४४ करोड बिमा शुल्क संकलन गरेका छन् । यो रकम गत आवको दोस्रो त्रैमासको तुलनामा ६४ करोड कम हो । निर्जीवन बिमा कम्पनीहरूले गत आवको दोस्रो त्रैमाससम्म २० अर्ब रुपैयाँको व्यवसाय गरेका थिए ।

निर्जीवन बिमा कम्पनीमध्ये राष्ट्रिय बिमा कम्पनीको व्यवसायमा सर्वाधिक गिरावट आएको छ । यो कम्पनीको व्यवसाय ५०.७५ प्रतिशतले घटेको छ । कम्पनीले चालु आवको पुससम्म ६९ करोड ३४ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा यस कम्पनीले १ अर्ब ४० करोड रुपैयाँको व्यवसाय गरेको थियो । पुस मसान्तसम्ममा १४ मध्ये ६ निर्जीवन बिमा कम्पनीको व्यवसाय खुम्चिएको छ ।

निर्जीवन बिमा व्यवसायमा सर्वाधिक बजार हिस्सा शिखर इन्स्योरेन्सको छ । यो कम्पनीले पुससम्ममा २ अर्ब ४५ करोडको व्यवसाय गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो ७.६० प्रतिशत कम हो । व्यवसाय विस्तार गर्ने ८ कम्पनीमध्ये दि ओरियन्ट इन्स्योरेन्स सबैभन्दा अगाडि छ । यो कम्पनीले ६ महिनामा अघिल्लो वर्षको तुलनामा ३३.३१ प्रतिशतले व्यवसाय विस्तार गरेको छ । उसले पुससम्म ९३ करोड ५१ लाख रुपैयाँ प्रिमियम आर्जन गरेको छ । व्यवसाय गर्ने अनुमति पाएका चार निर्जीवन लघुबिमा कम्पनीमध्ये तीन वटाले ६ महिनामा ४ करोड ५० लाख रुपैयाँ प्रिमियम संकलन गरेको पनि बिमा प्राधिकरणले जनाएको छ ।

निर्जीवन बिमा व्यवसायमा संकुचन देखिएपनि जीवन बिमातर्फ भने केही सुधार भएको छ । चालु आर्थिक वर्षको पुससम्मा जीवन बिमा कम्पनीले ७४ अर्ब २४ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । गत आवको दोस्रो त्रैमाससम्म जीवन बिमा कम्पनीले ७१ अर्ब ७५ करोड रुपैयाँ प्रिमियम आर्जन गरेका थिए । यो वर्ष व्यवसाय थप २ अर्ब ५६ करोड रुपैयाँले बढेको छ । पुस मसान्तसम्म जीवन बिमा कम्पनीले प्रथम बिमा शुल्कबापत १३ अर्ब ८४ करोड रुपैयाँ संकलन गरेका छन् । यो रकम गत आवको दोस्रो त्रैमासको तुलनामा २.३६ प्रतिशत कम हो । गत आवको सो अवधिसम्म जीवन बिमा कम्पनीहरुले प्रथम बिमा शुल्क १४ अर्ब १७ करोड रुपैयाँ संकलन गरेका थिए ।

चालु आवको दोस्रो त्रैमाससम्ममा राष्ट्रिय बिमा कम्पनीको व्यवसाय सर्वाधिक २२.५७ प्रतिशतले घट्दा सन नेपालको ८.४३ र लाइफ इन्स्योरेसन कर्पोरेसनको १.१८ प्रशितले घटेको छ । यस्तै चालु आवको दोस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै बिमा शुल्क नेपाल लाइफले आर्जन गरेको छ । यस कम्पनीले २० अर्ब रुपैयाँ बिमा शुल्क संकलन गरेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ७.४६ प्रतिशत बढी बिमाशुल्क संकलन गरेको छ ।

दोस्रो त्रैमासमा सबैभन्दा बढी व्यवसाय बढाउने जीवन बिमा कम्पनीमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स अगाडि छ । यस कम्पनीले चालु आवको पुससम्ममा २ अर्ब ३ करोड ८३ लाख बिमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिसम्मको तुलनामा कम्पनीले १४.०१ प्रतिशत बढी संकलन गरेको हो । सन नेपाल लाइफले भने सबैभन्दा कम १ अर्ब ७८ करोड रुपैयाँको व्यवसाय गरेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh