सिरहा । सिराहा र नुवाकोटका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
सिराहामा कार्यरत प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाएपछि गृह मन्त्रालयले त्यहाँ नयाँ प्रमुख जिल्ला अधिकारीलाई पठाएको छ । सिराहामा सह–सचिव बासुदेव दाहाललाई पठाउने निर्णय भएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले जनप्रभाव न्यूज डट कमलाई बताए ।
नुवाकोटमा रिक्त रहेको प्रमुख जिल्ला अधिकारीमा रामकृष्ण अधिकारीलाई सरुवा गरिएको छ । सहसचिव अधिकारी यसअघि लमजुङको प्रमुख जिल्ला अधिकारीबाट मन्त्रालयमा आएका थिए ।
यसअघि गृह मन्त्रालयले सिराहामा कार्यरत सिडिओ राजेन्द्र देव पाण्डेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो
फेसबुकबाट तपाईको प्रतिक्रिया !