बारा । केन्द्र सरकारको प्रदेश सरकारलाई हेर्न नियत ठिक नरहेको मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले बताएका छन् ।
शनिबार श्री दुर्गा नमुना मावि बरेवा बैरियाको नवनिर्मित प्रयोगशाला भवनको समुदघाट्न गर्दे उनले उक्त कुरा बताएका हुन् । उनले मधेस प्रदेशको कुल जनसंख्या ६५ लाखमा केन्द्र सरकारले मात्र १३ अर्व र कर्णाली प्रदेशको जनसंख्या १२ लाखमा कुल बजेट १९ अर्ब दिएर विभेद गरेको बताए ।
उनले सबैभन्दा ठुलो बिकास भनेको शिक्षाको बिकास हुनु हो । विकसित मुलुकहरू शिक्षित भएका कारणले अकाशमा उडेर बिकासको मुल खोजिरहेको बेला हामी नेपाली ७ बर्षदेखि सविधानमै अल्झेर समय बिताइरहेकाले कतिको शिक्षित छौ भने कुरा देखाइरहेको भन्र्दै शिक्षाको क्षेत्रलाई फराकिलो बनाउन आग्रह समेत गरे ।
प्रदेस सरकारले ८ कक्षामा अध्ययनरत प्रत्येक छात्रालाई आउने दोस्रो बर्षदेखि फेरि साइकल वितरण गर्ने र छोरी बेटीलाई शिक्षित बनाउने अभियानमा सरकार लाग्ने उनले जानकारी दिए । सरकारले प्रत्येक माविमा एकजना स्टाफ नर्सको दरबन्दी गरी रहेको समेत जानकारी गराएका थिए ।
यस्नै कलैया अस्पताललाई यसै आबदेखि ५० बेडबाट १०० बेड्को स्तरीय अस्पताल बनाउने सरकारले काम सुरु गरेको र कलैया स्तिथ रामराजा मोहन बिक्रम साह बहुमुखी क्याम्पसलाई आउने आवमा नमुना क्याम्पस बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !