काठमाडौं । प्रहरीले बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीया लक्ष्मी सेन सुनार रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) जनाएको छ ।
बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेर उनीसहितका सहकारीका सञ्चालक फरार छन् । तर सीआईबीको टोलीले सुनारलाई ललितपुर महानगरपालिका–३,धोबिघाटबाट बिहीबार पक्राउ गरेको जनाएको हो ।
रकम हिनामिना गरेको आरोप लागेर फरार रहेका सहकारीका अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले रेड नोटिस जारी गरेको छ ।
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाका अध्यक्ष समेत रहेका नेपाली इन्टरपोलले रेड नोटिस जारी गरे पनि यही माघ ११ गते (बुधबार) भएको राष्ट्रियसभा निर्वाचनमा मतदान गर्नसमेत आएनन् । तर, उनी सम्पर्कमा आएको भए पक्राउ पर्ने थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !