काठमाडौं । नेपाल प्रहरी श्रीमती संघको आयोजनामा जाडोमा न्यानो कपडा कम्बल वितरण गरिएको छ ।
सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दै आइरहेको नेपाल प्रहरी श्रीमती संघले विभिन्न धर्मशालामा आश्रीत बृद्धबृद्धाहरू लागि जाडोमा न्यानो कपडा कम्बल वितरण गरेको हो ।
जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं १० देवघाट स्थितमा रहेको धर्मदर्शन आश्रमको सभाहलमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीको विशेष आतिथ्यता तथा देवघाट क्षेत्र विकास समितिका पदाधिकारी,देवघाट दाहसंस्कार समितिका पदाधिकारी,देवघाटधाम टोल विकआ समितिका पदाधिकारी लगायत जनप्रतिनिधीहरुतथा प्रहरी श्रीमती संघका पदाधिकारीहरुसमेतको उपस्थितीमा विभिन्न धर्मशालामा आश्रीत बृद्धबृद्धाहरूलाई नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले १२० थान जाडोको न्यानो कम्बल वितरण गरेकी हुन् ।
कमबल वितरण कार्यक्रममा बोल्दै उनले नेपाल प्रहरी श्रीमती संघले विविध सामाजिक कार्यहरु गर्दै आइरहेको सन्दर्भमा यस्ता कार्यहरुमा अझ क्रियाशिल भइ अगाडि बढ्ने धारणा व्यक्त गरिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !