Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सशस्त्र प्रहरीलाई स्रोतसाधनको व्यवस्थासहित थप प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड


सशस्त्र प्रहरीलाई स्रोतसाधनको व्यवस्थासहित थप प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सशस्त्र प्रहरी बललाई स्रोतसाधनको व्यवस्थासहित थप प्रभावकारी रूपमा परिचालन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज (मंगलबार) २३औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सीमित पूर्वाधारका बावजुद राष्ट्रसेवाको भावनासहित कार्यक्षेत्रमा परिचालित शसस्त्र प्रहरीलाई थप व्यवस्थित बनाउन सरकार गम्भीर भएर लाग्ने बताएका हुन् ।

‘नेपालको सीमा सुरक्षार्थ समर्पित फौजको रूपमा हिमालदेखि तराईसम्मका कठिन भौगोलिक तथा वातावरणीय प्रतिकूलता तथा सीमित पूर्वाधारका बावजुद राष्ट्रसेवाको भावनासहित कार्यक्षेत्रमा परिचालित हुनुभएका सशस्त्र प्रहरीका जवान तथा अधिकृतहरूको योगदान महत्वपूर्ण छ ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस सन्दर्भमा नेपालको सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बललाई श्रोतसाधनको व्यवस्थासहित थप प्रभावकारी रूपमा परिचालन गर्न नेपाल सरकार प्रतिवद्ध रहेको व्यहोरासमेत जानकारी गराउँछु ।’

प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन अवस्थाको पहिलो संविधानसभाको निर्वाचन २०६४ मा सशस्त्र प्रहरी बलले नेतृत्वदायी भूमिका खेलेको स्मरण गरे । उनले त्यसपश्चात २०७०, २०७४ र २०७९ सालमा सम्पन्न तीनै तहका निर्वाचनहरू शान्तिपूर्ण एवं निष्पक्ष ढंगबाट सम्पन्न गर्न सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको पनि बताए । प्रधानमन्त्री प्रचण्डले महत्वपूर्ण योगदानका निम्ति सकल दर्जाका सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरूमा आभार प्रकट गरे ।

साथै, २०७२ सालको विनाशकारी महाभूकम्प तथा पछिल्लोसमय बझाङ, जाजरकोट र पश्चिम रुकुममा गएको विनाशकारी भूकम्प लगायत विभिन्न समयमा घटेका प्राकृतिक तथा मानवसिर्जित विपद्मा कर्तव्यनिष्ठ तथा बहादुरीपूर्वक खटिएर सशस्त्र प्रहरी बलले जनताको जीवन रक्षामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा गरे । सशस्त्र प्रहरी बलद्वारा भविष्यमा समेत थप प्रभावकारी रूपमा कार्यसम्पादन हुने विश्वास व्यक्त गरे ।

२३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मन्तव्य

​माननीय उपप्रधान तथा गृहमन्त्रीज्यू,
माननीय सांसदज्यूहरू,
संवैधानिक निकायका सदस्यज्यूहरू,
नेपाल सरकारका मुख्यसचिवज्यू,
नेपाली सेनाका प्रधानसेनापतिज्यू,
नेपाल सरकारका सचिवज्यूहरू,
सशस्त्र प्रहरी महानिरीक्षकज्यू,
सुरक्षा निकायका प्रमुखज्यूहरू,
उपस्थित सम्पूर्ण विशिष्ट अतिथिगण,
सञ्चारकर्मी मित्रहरू,
सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरू,
उपस्थित सम्पूर्ण महानुभावहरू ।

सर्वप्रथम २३ औँ सशस्त्र प्रहरी दिवसको पावन अवसरमा मलाई यस विशेष कार्यक्रममा प्रमुख अतिथिको रूपमा आमन्त्रण गर्नुभएकोमा सशस्त्र प्रहरी महानिरीक्षक लगायत सम्पूर्ण सशस्त्र प्रहरी राष्ट्रसेवकहरूमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु ।

सशस्त्र प्रहरी बल, नेपालले २२ ‌औँ वसन्त पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको यस पावन अवसरमा राष्ट्रका विभिन्न स्थानहरूमा कार्यरत समस्त सशस्त्र प्रहरी बल, नेपालका राष्ट्रसेवक कर्मचारीहरूलाई बधाइका साथै यहाँहरूको व्यक्तिगत, पारिवारिक तथा पेशागत सफलता एवं उत्तरोत्तर प्रगतिका लागि शुभेच्छासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।

संक्रमणकालीन अवस्थाको पहिलो संविधानसभाको निर्वाचन २०६४ मा सशस्त्र प्रहरी बलले नेतृत्वदायी भूमिका खेल्यो । त्यसपश्चात २०७०, २०७४ र २०७९ सालमा सम्पन्न तीनै तहका निर्वाचनहरू शान्तिपूर्ण एवं निष्पक्ष ढंगबाट सम्पन्न गर्न तपाईहरूको महत्वपूर्ण भूमिका रह्यो । यस महत्वपूर्ण योगदानका निम्ति सकल दर्जाका सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरूमा आभार प्रकट गर्दछु ।

वि.सं. २०७२ सालको विनाशकारी महाभूकम्प तथा पछिल्लोसमय बझाङ, जाजरकोट र पश्चिम रुकुममा गएको विनाशकारी भूकम्प लगायत विभिन्न समयमा घटेका प्राकृतिक तथा मानवसिर्जित विपद्मा कर्तव्यनिष्ठ तथा बहादुरीपूर्वक खटिएर जनताको जीवन रक्षामा पु¥याउनुभएको योगदानको प्रशंसा गर्दै भविष्यमा समेत थप प्रभावकारी रूपमा कार्यसम्पादन हुने विश्वास व्यक्त गर्दछु ।

नेपालको सीमा सुरक्षार्थ समर्पित फौजको रूपमा हिमालदेखि तराईसम्मका कठिन भौगोलिक तथा वातावरणीय प्रतिकूलता तथा सीमित पूर्वाधारका वावजुद राष्ट्रसेवाको भावनासहित कार्यक्षेत्रमा परिचालित हुनुभएका सशस्त्र प्रहरीका जवान तथा अधिकृतहरूको योगदान महत्वपूर्ण छ । यस सन्दर्भमा नेपालको सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बललाई श्रोतसाधनको व्यवस्थासहित थप प्रभावकारी रूपमा परिचालन गर्न नेपाल सरकार प्रतिवद्ध रहेको व्यहोरासमेत जानकारी गराउँछु ।

तपाईहरूले आफूलाई प्राप्त सबै प्रकारका जिम्मेवारीहरूमा अदम्य साहस, इमान्दारीता एवं व्यवसायिकताका साथ सम्पादन गरिरहेको कुरामा म जानकार छु । सीमा सुरक्षाका साथै तपाईहरूले राजस्व संकलनमा पु¥याउनुभएको योगदान, महत्वपूर्ण व्यक्ति तथा संरचनाको सुरक्षा, आन्तरिक सुरक्षा, कानुन कार्यान्वयन, देशमा शान्ति, सुरक्षा, अमनचयन, कायम गर्ने तथा जनताको जीउधनको सुरक्षा गर्ने कार्यमा पु¥याउनुभएको महत्वपूर्ण योगदानप्रति सम्मान व्यक्त गर्दछु ।

असीमित आवश्यकता र सीमित साधनस्रोतको विरोधाभासपूर्ण परिस्थिति नेपालजस्ता विकासशील मुलुकको साझा समस्या भएकोमा यहाँहरू जानकार नै हुनुहुन्छ । त्यसमाथि पछिल्लोसमय महाभूकम्प, कोभिड महामारी, विश्व राजनीतिमा देखिएको ध्रुवीकरण र त्यसको प्रत्यक्ष प्रभाव, हाम्रो आफ्नै नीति, योजना, कार्यक्रम र संरचनाको सामथ्र्यको सीमाजस्ता कारण यसबीचमा अर्थतन्त्रले निकै ठूलो चुनौतीको सामना गर्नुप¥यो । निरन्तरको प्रयासबाट अर्थतन्त्रमा राम्रो सुधार आएको छ, यद्यपि हाम्रो दवाव पूर्णतः अन्त्य भइसकेको चाहिँ छैन । आधुनिक हातहतियार, गोलीगठ्ठा, असभावका सामानहरू, विपद् व्यवस्थापनका सामानहरू, सवारीसाधन, भौतिक पूर्वाधार लगायत आवश्यक सञ्चार तथा अन्य उपकरणहरू र जनशक्तिका लागि सरकारको तर्फबाट आवश्यक पहल भई नै रहेको छ । भविष्यमा समेत व्यवस्थापकीय पक्षलाई केन्द्रमा राखेर सरकारको तर्फबाट सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।

संवैधानिक सर्वोच्चता र कानुनी शासनको मान्यतालाई आत्मसात गर्दै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताको रक्षा एवं जनताको जीउधनको सुरक्षा गर्न, सामाजिक सद्भाव कायम गर्न एवं नेपाल सरकारबाट प्रदान गरिएका आदेश तथा निर्देशनहरूलाई पालना गरी अनुशासित, नैतिकवान, व्यवसायिक एवं कर्तव्यनिष्ठ हुँदै अन्य सम्वन्धित निकायहरूसँग सहकार्य र समन्वय गरी कार्यक्षेत्रमा परिचालित हुनसमेत निर्देशित गर्दछु ।

मानव अधिकारको संरक्षण गर्दै मानवीय कानुनहरूको पूर्ण पालना र भ्रष्टाचार तथा लैङ्गिक विभेदमा शून्य सहनशीलताका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्दै नागरिकहरूको विश्वास जित्‍ने गरी कार्यक्षेत्रमा खटिई देश र जनताको सेवा र सुरक्षा प्रदान गर्ने कार्यमा तपाईंहरूलाई सफलता मिलोस् भन्ने कामना गर्दछु । साथै सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय कार्यभारको कार्यान्वयनमा आफ्नो क्षेत्रबाट इमानदार र प्रभावकारी भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।

विश्वव्यापीकरण तथा सूचना प्रविधिमा आएको बहुआयमिक विकासले एकातर्फ हामीलाई अवसरका अनगिन्ती ढोकाहरू खोलिदिएको छ । त्यसको व्यवस्थित र वैज्ञानिक प्रयोग एवं राष्ट्रिय हितअनुकूल विकासमार्फत समृद्धि हासिल गर्ने महत्वपूर्ण आधारशीला प्राप्त भएको छ । अर्कोतर्फ, सूचना प्रविधिको विकाससँगै नयाँ–नयाँ अपराध र सुरक्षा चुनौतीसमेत थपिदिएको छ । तसर्थ, सशस्त्र प्रहरी बल एकातर्फ प्रविधिको बहुआयमिक प्रभावसँग साक्षात्कार भई त्यसलाई राष्ट्रिय हितअनुकूल परिचालन र प्रयोगमा दक्ष हुनैपर्दछ । अर्कोतर्फ बदलिएको परिस्थितिअनुसार प्रविधिमैत्री सेवा प्रवाह, सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रणका निम्तिसमेत उत्तिकै दक्ष र चनाखो रहनुपर्दछ ।

सीमा सुरक्षा र व्यवस्थापनका क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले जुन कार्यक्रम अगाडि सारेको छ, त्यसले विद्यमान समस्या र चुनौतीहरू सम्बोधन गर्दै देशको स्वाभिमान र सीमा सुरक्षामा गुणात्मक योगदान पुग्ने मैले विश्वास लिएको छु । तसर्थ, यस संगठनले प्रस्ताव गरेको सीमा विकास कार्यक्रमलाई प्रथमिकतामा राखी अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको व्यहोरासमेत म अवगत गराउन चाहन्छु ।

देशको सुरक्षा र स्वाभिमानका निम्ति दिलोज्यानले क्रियाशील सशस्त्र प्रहरी बलका अधिकृतहरूको वृत्तिविकास एवं प्रोत्साहनमा कैयौं समस्याहरू विद्यमान छन् । मूलतः दरबन्दीको सीमितताका कारण सेवा प्रवेशको लामो अवधिसम्म पनि पदोन्नति नहुने समस्याका कारण तपाईहरूले आफ्नो भविष्यप्रति व्यक्त गर्नुभएको चिन्ताप्रति म जानकार र सचेत छु । मैले सरकारको नेतृत्व गरेपश्चात सकल दर्जाका करिब ६ हजार अधिकृत र जवानहरूको पदोन्नतिको प्रक्रिया सम्पन्न भएको छ । साथै बललाई विगतमा प्राप्त गरेको जिम्मेवारीका अतिरिक्त केही नयाँ जिम्मेवारीसमेत प्रदान गरिएको छ ।

यसबाट मलाई राहतको महशुस त भएको छ । यद्यपि, संगठन र तपाईहरूको वृत्तिविकासको आवश्यकताका दृष्टिले त्यो पर्याप्त छैन । आगामी दिनमा यसबारे छलफल गरी आवश्यक र सम्भव सहजीकरण गर्न नेपाल सरकार दृढ रहेको विश्वाससमेत म तपाईहरूलाई दिलाउन चाहन्छु । साथै संगठनमा आवद्ध अधिकृत र जवानहरूको वृत्ति विकास, सेवा सुविधा, सुरक्षा, हातहतियार र अन्य लजिष्टिक सामग्रीहरूको उपलब्धता सरकारको उच्च प्राथमिकतामा रहने पनि स्पष्ट गर्दछु ।

आजको यस शुभ अवसरमा एपिएफ लाइफ टाइम एचिभमेन्ट अवार्ड, एपिएफ विशेष सम्मान तथा उत्कृष्ट बाहिनी रनिङ्ग ट्रफीबाट सम्मानित हुनुहुने व्यक्ति एवं इकाइप्रति हार्दिक बधाइ ज्ञापन गर्दै भविष्यमा थप प्रगति र सफलताका निम्ति शुभकामना व्यक्त गर्दछु ।

अन्त्यमा, सशस्त्र प्रहरी दिवस कार्यक्रममा आमन्त्रण गरी सम्बोधनको अवसरका निम्ति सशस्त्र प्रहरी महानिरीक्षक लगायत यस बलका सम्पूर्ण राष्ट्रसेवकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । आजको दिनले देश र जनताको सुरक्षार्थ अझ उच्च मनोबलका साथ कर्तव्यपथमा अग्रसर रहन प्रेरणा मिल्ने विश्वासका साथ २३ औँ सशस्त्र प्रहरी दिवसको भव्य सफलताको शुभकामना व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले
डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?
जनप्रभाबन्युज विशेष

डीआईजी बढुवामा पछि पारिएका सिद्धीविक्रम साह ,सिंह र चतुर्बेदीले एआईजी बढुवामा न्याय पाउलान् ?

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

3 days पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

4 weeks पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

4 weeks पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh