दमौली । तनहुँमा जन्मिएका नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डीआईजी)विकास राज खनाल गण्डकी प्रदेशको प्रमुख हुनुभएको छ।सत्य सेवा सुरक्षणम् मुल मन्त्र लिएर समाजमा शान्ति सुरक्षा,अमन चयन कायम गरी अपराध नियन्त्रण र सफल अनुसन्धान गर्नु प्रहरीको मूल दायित्व हो भन्ने ढृड संकल्पका साथ प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गरि हाल काविल प्रहरी अफिसरमा चिनिनु भएका खनाल गण्डकी प्रदेशको कमान्डर हुनुभएको छ।
विकासराज खनाल तनहुँको साविक जामुने गाविस हाल म्याग्दे गाउपालिका गुणादीमा जन्मिनु भएको हो।नेपाल प्रहरीमा काविल प्रहरी अफिसरको रूपमा उहाँ परिचित रहनु भएको छ।मकवानपुर र बारा जिल्लाको प्रमुख हुदा खनालले उदाहरणीय कार्य गरेर लोकप्रियता कमाएका थिए।
जिल्लाको कमाण्ड गर्दा होस् या अन्य इकाइको जहाँ रहेपनि खनालको सिनियरहरूले समेत खुलेर प्रशंसा गर्थे। डिआईजी खनाल शालिन स्वभावका र अनुसन्धानमा काबिल हुनुहुन्छ।एसएसपि हुदा लागुऔषध ब्यूरो प्रमुख रहदा लागुऔषध कारोबार गर्ने नाइके देखि ठुलो संख्यामा बरामद गरि मुद्वा चलाउन सफल हुनुभएको थियो।तिनै खनाल केहि दिन अघि गण्डकी प्रदेशको कमान्डर भएर प्रदेश हाँक्न आउनु भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !