काठमाडौं । नेपाल सरकार गृह-मन्त्रालय (माननिय मन्त्रीस्तर) को मिति २०८०।०९।२४ गतेको निर्णायानुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक विकाशराज खनालले गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको छ ।
गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएका प्रहरी नायव महानिरीक्षक खनाललाई पोखरा उपत्यकामा रहेका प्रहरी कार्यालय प्रमुखहरुले पुष्प गुच्छा सहित स्वागत गर्नुभएको थियो ।
उक्त स्वागत कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक, प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुले स्वागत गर्नुभएको थियो । पदभार ग्रहण पश्चात डिआईजी खनालले गण्डकी प्रदेशको बस्तुस्थिति, जनशक्तिको बारेमा जानकारी लिनु भयो ।
त्यस पश्चात उहाँले गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पिडित मैत्री सहज र द्रुत प्रहरी सेवा, मानव अधिकार संरक्षण, प्रहरीको आचरण र ब्यबहारमा सुधार, आर्थिक अनुशासन, शुसासन, भ्रष्टाचार नियन्त्रण, तस्करी नियन्त्रण, चुस्त दुरुस्त प्रहरी परिचालनका विषयमा योजनाबद्ध ढंगले प्रहरी कार्य अगाडि बढाउन निर्देशन दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !