Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

थारू बहुल बस्तीमा माघी हर्षोल्लासपूर्व मनाइँदै


थारू बहुल बस्तीमा माघी हर्षोल्लासपूर्व मनाइँदै

बाँके । थारू समुदायको मुख्यपर्व माघीका अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित भुवरभवानी मन्दिर परिसरमा आइतबारदेखि माघको ४ गतेसम्म माघी मेला लागेको छ ।

बैजापुरस्थित भुवरभवानी मन्दिर परिसरमा प्रत्येक वर्ष माघी पर्वका अवसरमा लाग्ने माघी मेलामा बाँकेसहित छिमेकी जिल्ला र भारतबाट भक्तजन यहाँ पुग्ने गरेका मेलाका संरक्षक एवं वडा नं ३ का वडाध्यक्ष मीनकुमार थारूले जानकारी दिए । “यो मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको प्रचारप्रसारका लागि मेला आयोजना गर्ने गरेका छौँ”, उनले भने, “धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।”

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले भुवरभवानी मन्दिरको ऐतिहासिक महत्व रहेको भन्दै पुर्खौंदेखि लाग्दै आएको मेलाले यस क्षेत्रमा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । भुवरभवानी मन्दिर राप्तीसोनारीको प्रमुख ऐतिहासिक एवं धार्मिक धरोहर रहेको भन्दै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नाका साथै मन्दिर क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गरे ।

विसं २०१३ मा स्थापना भएको उक्त मन्दिरमा वर्षमा तीनपटक विशेष पूजासँगै लाग्ने मेलामा व्यापार व्यवसायका साथै मनोरञ्जनात्मक विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मेला आयोजक समितिले जनाएको छ । मेलामा थारू समुदायको कला, संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति हुने गरेको छ ।

माघी पर्वका अवसरमा थारू गाउँमा हर्षोल्लासका साथ मनोरञ्जनसँगै विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन् । यस्ता कार्यक्रमले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न सहयोग पुग्ने थारू अगुवा बडघर केवलसिंह थारूले बताए । उनका अनुसार थारू समुदायमा माघी पर्वको छुट्टै रौनकता छ । नयाँ वर्षका रुपमा लिइने माघीले थारू समुदाय तथा बस्ती उल्लासमय भएका छन् ।

कञ्चनपुरका थारू गाउँमा माघीको रौनकता

कञ्चनपुरका थारू गाउँमा माघी पर्वको रौनकता छाएको छ । रातभर आगोको धुनी जगाई डम्फु र मादलको तालमा नाचेका थारू समुदायले माघको पहिलो दिन आज बिहानै नदी, तालतलाउलगायत पानीका प्राकृतिक स्रोतमा नुहाएका छन् ।

जाग्रामा नबसेकालाई गाउँका अरूले ‘माघ नहाई नदीया, तलवामे चलो रे’ भन्दै घरघरमा पुगेर उठाउँदै हुल बाँधेर नुहाउन नदीमा जाने प्रचलन रहेको स्थानीय रूपसिंह डगौँराले बताए । “माघको पहिलो दिन बिहानै सामूहिक रुपमा नुहाउने चलन पुरानै हो”, उनले भने, “यसलाई जीवन्त राख्ने कार्यमा बूढापाकाहरु लागेका छन् ।”

नदीमा कुलदेवतालाई स्मरण गर्दै दक्षिणा चढाएर पूजा गर्ने जनकलाल डगौँराले बताए । उनका अनुसार नदी किनारमा गाउँका अगुवाले ढुङ्गाका देवता स्थापित गरेर पूजा गर्दछन् । “घरबाट लगिएको चामलको पीठोको टीका बनाई सबैले लगाउने गर्दछन्”, उनले भने, “पूजा सकेर ठूलाबडासँग आशीर्वाद लिने र सपरिवार मिलेर विभिन्न परिकार खाने परम्परा रहेको छ ।”

गाउँगाउँमा नृत्य गर्दै सामूहिक रुपमा रमाउने गरिन्छ । नाच्नेहरुले आँखाको परेलाले पैसा उठाउने गर्दछन् । माघदेखि थारू समुदायको नयाँ वर्ष सुरु हुन्छ । यस अवसरमा नयाँ कार्यको थालनी गर्ने चलन थारू समुदायमा रहेको छ । माघ सुरु हुनुभन्दा अघिल्लो दिन घरका प्रमुखले सुँगुरको मासुको जोहो मिलाउने गर्दछन् । सुँगुर ढाल्ने कार्यलाई थारू समुदायले जिता मर्ना भन्ने गर्दछन् ।

“हिजो बिहानै सुँगुर ढाल्यौँ”, स्थानीय रूपसिंहले भने, “दिनभर पकुवा बनाएर गाउँका अगुवासँग बसेर अन्तीको चामलबाट बनेको जाँड खायौँ ।” माघ लागेपछि कुनै पनि जनावरको बध गर्न नहुने जनविश्वासका कारण अघिल्लो दिन नै सुँगुर, कुखुरा, भेडा, बाख्रालगायत जनावर काट्ने तथा गच्छेअनुसार मासु खरिद गरी गर्ने प्रचलन रहेको उनले जानकारी दिए ।

माघीमा आउने पाहुनाका लागि ढिक्री, सिन्की, खेरिया बनाउनाका साथै तरुल उसिनेर खाने गरिन्छ । कृष्णपुर नगरपालिका–२ बाणिका अस्पती चौधरीले आज बिहानदेखि पाहुना आउन थालेकाले विभिन्न खानाका परिकार बनाइएको बताए ।

रातभर धुनी जगाई मादल, डम्फुसँगै नाच्ने गाउने, खाने गरिएको छेदालाल डगौँराले बताए । कोराना महामारीका कारण विगत तीन वर्षदेखि माघीलगायत चाडपर्व उल्लासपूर्वक मनाउन नपाइएको भन्दै यस वर्ष परम्परागत रुपमा माघी बनाइएको उनले बताए ।

डगौँराका अनुसार आज साँझ ढकियामा चामल, दाल, खुर्सानी, नुन सहित राखिएका निश्राउको पूजा गरी घरमा बनेका परिकार दिदीबहिनीलाई छुट्याएर राख्ने चलन छ । माघीमा भेटन नआएका दिदीबहिनीको घरमा पुगेर माघको कोेसेली दिने चलन रहेको उनले बताए ।

माघीका अवसरमा थारू समुदायले खोजनी बोझनीको कार्य पनि गर्दछन् । यस अवसरमा गाउँको नेतृत्व गर्ने वडघर, गुरुवा, केसौका, चौकीदारलगायत चुन्ने गरिन्छ । वडघरले गाउँमा विवाह, बाटोघाटो बनाउनेलगायत नयाँ कार्यको सुरुआत पनि गर्छन् ।

दाङमा माघी हर्षोल्लासका साथ मनाउँदै

थारू समुखायको महान पर्व माघी आज दाङका थारू बस्तीमा हर्षोल्लासका साथ मनाइँदैछ । बिहान जिल्लाका विभिन्न थारू बस्तीका स्थानीय नदी, तलाउ, पोखरी, जलाशयमा गएर स्नान गरी पूजा गर्दै यो पर्व मनाइरहेका छन् ।

गएरातिदेखि नाचगान गर्दै माघी पर्व मनाउन थालेका उनीहरु अहिले आ–आफ्ना मतवा (गाउँका अगुवा० का घरमा जम्मा भई टीका लगाउन थालेका छन् । तुलसीपुर उपमहानगरपालिका–६ का २५ वर्षीय श्याम चौधरीले आफूहरु मतवाको घरमा जम्मा भएर टीकासँगै आशीर्वाद ग्रहण गरिएको बताए । उनका अनुसार थारूले माघीका अवसरमा विशेष परिकार ढिक्री, सुँगुरको मासु, जाँड खाने र नाचगान गरी रमाइलो गर्ने प्रचलन रहेको छ ।

आजको दिनमा थारूले आफ्ना चेलीबेटीलाई घरमा बोलाउने, टीका लगाइदिने, चामल, नुन, तरकारी, गेडागुडी राखेर निश्राउ (खाद्य परिकार) बनाएर दिने गर्दछन् । नयाँ वर्षका रुपमा मनाउने यस पर्वमा थारूले वर्षभरि गर्ने कामको योजना बनाउने, नयाँ मतवाको चयन गर्नेलगायत काम गर्छन् । माघी पर्वलाई थारू समुदायको मौलिक संस्कृतिका रुपमा मनाइन्छ ।

पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पीठोको एक परिकार), माछालगायत परिकार बनाएर जाँड, रक्सीका साथै विभिन्न परिकार बनाएर खाने, रातभर ढुमरु (लोक बाजा) गाउने र नाचगान गर्ने प्रचलन छ । दाङसहित पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारूले यस पर्वलाई धुमधामका साथ मनाउने गर्दछन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

1 month पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

1 month पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh