काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल युनिट निरीक्षणको क्रममा हुम्लास्थित नेपाल चीन सीमामा तैनाथ बोर्डर आउट पोष्ट हिल्सा पुगेर निर्देशन दिएका छन् ।
गत आईतबार सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गुल्म हुम्ला पुगेका भएका महानिरीक्षक अर्यालले गुल्म र मातहत बिओपी हिल्साको निरीक्षण गर्नुभई सो बिओपीको जिम्मेवारी क्षेत्रको बारेमा समेत जानकारी लिएका हुन् ।
निरीक्षकपछि निर्देशन दिदै उनले भने,‘सशस्त्र प्रहरीको सिपाहीले हिमाल अटल र निर्भिकताका साथ हाँसेर डिउटी गर्नुपर्छ, रुनुपरे म रुन्छु ।’ कुनै समस्या भएमा आफुले समाधान गर्ने भन्दै उनले मनदेखि देशसेवामा लाग्न निर्देशन दिएका हुन् ।
निरीक्षणका क्रममा सशस्त्र प्रहरीका कर्मचारीले तातो हिमाली ज्याकेट उपलब्ध गराउन थालेकोमा महानिरीक्षक अर्याललाई धन्यवाद दिएका थिए । निरीक्षणका क्रममा उनले सबैको गुनासो समेत सुनेका थिए ।
आइतबार नै महानिरीक्षक अर्यालले डोल्पामा तैनाथ नं. ४६ गुल्मको समेत निरीक्षण गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !