Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बंगलादेशमा आमनिर्वाचन : विवादबीच हसिना विजयी, पाँचाैँ पटक प्रधानमन्त्री बन्ने तयारी


बंगलादेशमा आमनिर्वाचन : विवादबीच हसिना विजयी, पाँचाैँ पटक प्रधानमन्त्री बन्ने तयारी

एजेन्सी । विवाद र प्रमुख विपक्षी पार्टीको बहिष्कारबीच बंगलादेशमा सम्पन्न निर्वाचनमा प्रधानमन्त्री शेख हसिना बाजेदको अवामी लिग (एआई) पार्टी विजयी भएको छ । जातीय संसद्को कुल ३०० सिटमध्ये २९९ सिटका लागि आइतबार सम्पन्न निर्वाचनमा हसिनाको पार्टी विजयी भएको हो । योसँगै हसिना पाँचौँपटक प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

अलजजिराका अनुसार हसिनाको अवामी लिगले २२२ सिट प्राप्त गरेको छ । अवामी लिगपछि धेरै स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार ६३ सिटमा स्वतन्त्र उम्मेदवार विजयी हुँदा वर्तमान प्रतिपक्षी दल जातीय पार्टी ११ सिटमा खुम्चिएको छ । निर्वाचनको सम्पूर्ण परिणामको औपचारिक घोषणा हुन बाँकी छ । यसअघि सन् २०१८ मा सम्पन्न आमनिर्वाचनमा अवामी लिगले २५८ र प्रमुख विपक्षी जातीय पार्टी २७ सिटमा विजयी भएका थिए ।

लगभग सबै विजयी स्वतन्त्र दाबेदारहरू अवामी लिगले अस्वीकार गरेका व्यक्ति थिए । तर, पार्टी नेतृत्वले विश्वसामु चुनावलाई प्रतिस्पर्धात्मक छ भन्ने देखाउन उनीहरूलाई ‘डमी उम्मेदवार’को रूपमा खडा हुन आग्रह गरेको थियो । निर्वाचन परिणाम सार्वजनिकपछि हसिनाले आफ्नो पाँचौँ कार्यकाल सत्तामा रहनु भनेको ‘जनताको विजय’ भएको दाबी गर्दै ‘जनताको लोकतान्त्रिक अधिकार सुनिश्चित गर्न जीवनभर लडिरहने’ बताइन् । ७६ वर्षीया हसिना सन् १९९६ मा पहिलोपटक देशको प्रधानमन्त्री बनेकी थिइन् । सन् २००९ मा पुनः निर्वाचित भएपछि उनी निरन्तर बंगलादेशको सत्तामा छिन् । सन् २००९, २०१४ र २०१८ मा भएका निर्वाचनमा उनी प्रधानमन्त्रीका रूपमा क्रमशः दोस्रो, तेस्रो र चौथोपटक निर्वाचित भएकी थिइन् ।

७६ वर्षीया हसिना सन् १९९६ मा पहिलोपटक देशको प्रधानमन्त्री बनेकी थिइन् । सन् २००९ मा पुनः निर्वाचित भएपछि उनी निरन्तर सत्तामा छिन् ।

प्रमुख विपक्षी दल बंगलादेश नेसनल पार्टी (बिएनपीले) चुनावलाई नौटंकी भनेको छ । बिएनपीले चुनाव बहिष्कार गरेको थियो । धाँधलीपूर्वक भएको निर्वाचनको कुनै अर्थ नभएको पार्टीले जनाएको छ । बिएनपीले तटस्थ चुनावी सरकार र सरकारले थुनामा राखेका आफ्ना नेता–कार्यकर्ताको रिहाइको माग गर्दै आएको थियो । तर, सरकारले विपक्षीका कुनै माग सम्बोधन नगरी एकतर्फी ढंगले निर्वाचन गरेको थियो । चुनावअघि सरकारले बिएनपीका हजारौँ नेता–कार्यकर्ता पक्राउ गरेको थियो । बिएनपीकी नेतृ तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियामाथि भ्रष्टाचारको अभियोग लगाइएको छ । सरकारले उनलाई हाल घरमै नजरबन्दमा राखेको छ ।

आइतबारको ‘एकतर्फी चुनाव’ हसिनालाई पुनः सत्तामा ल्याउने ‘औपचारिकता’ मात्र भएको विश्लेषकले बताएका छन् । ‘यो विचित्र चुनावको अनौठो नतिजा हो,’ प्रख्यात बंगलादेशी अधिकारकर्मी तथा फोटोग्राफर साहिदुल आलमको भनाइ उद्धृत गर्दै अलजजिराले लेखेको छ, ‘डमी चुनावमा डमी उम्मेदवारहरू अब डमी संसद्मा जानेछन् ।’

आइतबारको निर्वाचनमा मतदाताको न्यून सहभागिता थियो । निर्वाचन अधिकारीले ४० प्रतिशत मत खसेको दाबी गरे पनि त्योभन्दा निकै थोरै मत खसेको विश्लेषकले बताएका छन् । पछिल्लो चुनावसँगै हसिना थप तानाशाहउन्मुख रहेको उनीहरूले टिप्पणी गरेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh