काठमाडौं । राष्ट्रिय सभामा एमालेलाई शून्यको स्थितिमा पुगेको छ । राष्ट्रिय सभामा सीट भागबण्डाका लागि एमालेले लामो प्रयाश गरेको थियो । सत्ता गठबन्धन र प्रतिपक्ष मिलेको खण्डमा राष्ट्रिय सभाको चुनाव प्रतिस्पर्धाविहीन हुने स्थिति थियो ।
एमालेलाई सीट दिने बिषयमा सत्तारुढ गठबन्धनबीच मनमुटाव भएसँगै एमालेलाई राष्ट्रिय सभामा कुनै सीट नदिने गरि १९ सीटमा सत्तारुढ दलहरूबीच भागबन्डा मिलेको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो ।
दलहरूको सहमतिअनुसार कांग्रेसले १०, माओवादीले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले १ सीटमा टुंगो लागेको छ । राष्ट्रिय सभामा बागमतीबाट सबैभन्दा बढी ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३–३ गरी ९, कोशी, मधेश र लुम्बिनीबाट २–२ दुई गरी ६ जना समेत १९ सीटका लागि निर्वाचन हुँदैछ ।
सत्तारुढ दलले प्रदेशगत रूपमा भागबन्डा गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !