विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने स्पष्ट पारेका छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा शनिबार गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीरूको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने – म तपाईंहरूलाई के विश्वास दिलाउन चाहान्छु भने कि मेरो तागतले भ्याएसम्म र म रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन ।
कोशी प्रदेशको कुरा गर्दा हलेसीका महादेव, ट्याम्केका सिद्धबाबा, पाथीभरा माता, छिन्ताङ् देवी, बराहक्षेत्र, यस प्रदेशका गुम्बा, मठमन्दिर, लोभरकटी किराँत मन्दिर लगायतलाई आर्कषक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन सकिने विचार उनले व्यक्त गरे ।
‘म के भन्न चाहन्छु भने यो क्षेत्रमा अगाध सम्भावना छ, चाहे त्यो पर्यटन होस्, उद्योग वा अन्य कुनै । तर हामीमा खाँचो छ केवल अठोटको, प्रतिवद्धताको, इमान्दारिता र नैतिक आचरणको । आज म यसतर्फ सवैको ध्यानाकर्षण गराउन चाहन्छु’, राष्ट्रपति पौडेलले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !