Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

महोत्तरी जिल्ला अदालतको फैसलाविरुद्ध प्रदर्शन


महोत्तरी जिल्ला अदालतको फैसलाविरुद्ध प्रदर्शन

महोत्तरी । तराई मधेश आन्दोलनको क्रममा हत्या भएका सशस्त्र प्रहरीका असई थमन विकको घटनामा जिल्ला अदालत महोत्तरीले गरेको फैसलाको विरुद्ध जलेश्वरमा प्रदर्शन गरिएको छ ।

जिल्ला अदालत महोत्तरीले बिहीबार विकको हत्यामा संलग्न भएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका मधेश प्रदेशका संसदीय दलका नेता तथा मधेश प्रदेशका पूर्व सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएपछि पार्टीका नेता तथा कार्यकर्ताहले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले जिल्ला अदालतको फैसला पक्षपातपूर्ण र अन्यायपूर्ण भएको भन्दै विरोध जनाएका छन् ।

बिहीबार साँझ महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले महोत्तरी क्षेत्र नं. १ बाट निर्वाचित भएका एमालेका सांसद लक्ष्मी महतो कोइरी र विकको हत्या आरोपमा पक्राउ परी पाँच वर्षदेखि कारागारमा रहेका पवन कापरलाई सफाइ दिने तथा हत्याको आरोपमा धरौटीमा रिहा भएका मोहन ठाकुर, जलेश्वर नगरपालिकाका पूर्व नगरप्रमुख रामशङ्कर मिश्र, लोसपाका महासचिव सुरेश पाण्डेय तथा धर्मेन्द्र रायलाई जन्मकैदको फैसला सुनाएको छ ।

त्यसैगरी हत्याको आरोपमा कारागारमा रहेका प्रदीप साह र सञ्जयकुमार साहलाई समेत जन्मकैदको फैसला सुनाएको छ । लोसपाका सयौं नेता तथा कार्यकर्ता जलेश्वरमा मधेश आन्दोलनमा झुठा मुद्दा लगाएको र अदालतले पक्षपातपूर्ण आदेश गरेको भन्दै शुक्रबार विरोध जनाउँदै प्रदर्शन गरेको छ ।

प्रदर्शनमा महोत्तरी र धनुषाका लोसपाका पार्टीका सांसदहरु तथा पालिकाका प्रमुखहरुसहित नेता कार्यकर्ताको उपस्थिति थियो । बिहीबार भएको फैसलामा कर्तव्य ज्यानसम्बन्धी कसुर गरेकोले सोही १३(३) बमोजिम जन्मकैदको सजाय भएको तथा दुई जना अभियोग दाबीबाट सफाइ पाउने देखिएको उल्लेख गरिएको छ ।

जिल्ला अदालत महोत्तरीमा दायर अभियोग पत्र अनुसार कर्तव्य ज्यान अभियोगमा २८ तथा एम्बुलेन्स आगजनीमा २५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । कर्तव्य ज्यानको अभियोगमा अन्य फरारको सूचीमा रहेको जनाइएको छ ।

सशस्त्र प्रहरीको पथलैया बाहिनीबाट यु.एन.को मिसनमा जानका लागि परीक्षा र तालिम सकाएर फर्केका सशस्त्र प्रहरीका असई थमनबहादुर विश्वकर्मा आफू कार्यरत सशस्त्र प्रहरी सीमा सुरक्षाबल जलसागर जाने क्रममा भदौ २५ गते जलेश्वर नगरपालिका चोकमा आन्दोलनकारीको एक समूहले बाँसको भाटा र इँट्टाको टुक्रा प्रहार गरी निर्मम तरिकाले घाइते बनाएका थिए ।

घाइते भएका विकलाई प्रारम्भिक उपचारपश्चात् थप उपचारका लागि जनकपुरधाम लाने क्रममा महोत्तरी गाविसको सनुखरा ९ स्थित सडकमा एम्बुलेन्सबाट निकालेर हत्या गरिएको आशंका छ । आन्दोलनकारीहरुले उनी चढेको जलेश्वर अस्पतालको ६६–१–१२३५ एम्बुलेन्स जलाएका थिए भने घाइते विकको शव एम्बुलेन्स जलेको ठाउँबाट १ किलोमिटर पूर्वको धानखेतमा बरामद भएको थियो । ज्यान जोगाउन भाग्ने क्रममा उनको हत्या गरिएको थियो ।

नेपालगञ्ज निवासी विकको हत्या अगाडि मधेश आन्दोलनको क्रममा भदौ २३ गते प्रहरीको गोली लागेर तीन तथा त्यसको दुई दिन नबित्दै २५ गते तीन जनाको गरी ६ जनाको मृत्यु भएको थियो । मृतक थमन विककी पत्नी शोभा विकले हत्या गरेको भन्दै किटानी जाहेरी दर्ता गराएकी छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh