काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा चेकपोस्टबाट बरामद भएको दुई किलो सुन प्रकरणमा एक चिनियाँलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा फरार रहेका चिनियाँ २७ वर्षीय चेन जीवेई रहेका छन् ।यही प्रकरणमा प्रहरीले गएको बिहीवार राति नागढुङ्गा चेकपोस्टबाट रसुवाको गोसाइँकुण्डका ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेललाई पक्राउ गरेको थियो ।
प्रहरीले रसुवाबाट काठमाण्डौ आउँदै गरेको बाग्मती प्रदेश ०१–०२८ च २६९७ नम्बरको जीपबाट सुन बरामद गरेको थियो ।पक्राउ परेका जीवेईलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !