काठमाडौं । डेढ अर्ब ठगेर फरार भएका मेयर सम्पर्कमा ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रहेका सहकारी अध्यक्ष देवकुमार नेपाली सम्पर्कमा आएका छन् । इमेज बचत तथा ऋण सहकारीबाट बचतकर्ताको करिब डेढ अर्ब हिनामिना गरेर ६ महिनादेखि फरार रहेका थिए ।उनले बचतकर्ताको पैसा काठमाडौं उपत्यका सहित ४२ ठाउँको घरजग्गा बेचेर वा घरजग्गा नै हस्तान्तरण गर्न तयार रहेको बताए का छन् । अध्यक्ष नेपालीले मंगलबार विज्ञप्ति जारी गर्दै बचतकर्ताको पैसा फिर्ता गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले श्रीमतीको नाममा भएको बुर्तिबाङ, बागलुङ, पोखरा र काठमाडौं मा रहेका ४५ कित्ताहरु मध्ये बुर्तिबाङ मा ७ वटा घर, बागलुङमा २ वटा घर, पोखरा मा ३ वटा घर, काठमाडौंमा ६ वटा घर गरी जम्मा १८ वटा घर र ४४ वटा कित्ता बेचेर पैसा तिर्ने जनाएको छ ।यो घरजग्गा सहकारीको पैसाले नकिनेको जनाएको छ । ‘यी सम्पत्तिहरु इमेजको पैसाले जोडेको हो भन्ने नसोच्नु होला,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी आफैँले कमाएको सम्पत्ति हो तर यो सम्पत्ति करिब ३ अर्बभन्दा बढीको छ ।’
सहकारीको समस्या बचतकर्ता हरुको समस्या समाधानको लागी सम्पूर्ण बचतकर्ता हरुको नाममा आफनो र श्रीमतीको नाममा भएको घर जग्गा विभिन्न मालपोत कार्यालयमा गई हस्तान्तरण गर्न चाहेको जनाएका छन् ।हस्तान्तरण गर्नको लागी वातवरण मिलाई दिन कानुनी निकाय, राजनीतिक दल, नागरिक समाजलाई आग्रह गरेका छन् ।सहकारी समस्या परेपछि सबै सेयर सदस्य तथा बच कर्ताहरुको बिशेष भेला राखी बचतकर्ताको बचत फिर्ता समाधान गर्न ६ महिनाको समय राखेको जनाएको छ ।
नेपालीले इमेज सहकारीको समस्या व्यावहारिक तारिकाले समाधान गर्न आफू तयार रहेको जनाएका छन् । ‘हामी घरजग्गा सम्पत्ति नभएको मान्छे होइनौँ । हामीहरुले चलअचल सम्पत्ति नुनदेखि सुनसम्म त्यहाँ राखिछाडेको छौँ,’ अध्यक्ष नेपालीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी केही पनि लिएर हिँडेका छैनौँ, यस विषयमा सबै शुभचिन्तकलाई जानकारी गराउँदछौँ ।’सबै बचतकर्ता एकै पटक बचत फिर्ता माग्न आउदा सहकारीमा समस्या भएको उनको दाबी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !