काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपालीका कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच छलफल चलिरहेको छ।
बालुवाटार स्रोतका अनुसार छलफलमा शान्ति प्रक्रिया र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।

















