अहमदाबाद । विश्वकपमा भारतका लागि सर्वाधिक विकेट लिने खेलाडी मोहम्मद शमीले भारतीय टोलीले कम्ब्याक गर्ने घोषणा गरेका छन् । विश्वकपको फाइनलमा अष्ट्रेलियासँगको लज्जास्पद हारपछि आफ्नो पहिलो प्रतिक्रियामा शमीले भने, ‘हामी फर्कने छौँ ।’
मोहम्मद शमीले सोसल प्लेटफर्म एक्स (ट्विटर) मा तस्बिर पोस्ट गरेका छन् । जसमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले अँगालो हालेको देखिएको छ । तस्विरमा प्रधानमन्त्री मोदीले उनीहरुलाई हौसला दिएको देखिन्छ ।
शमीले भारतीय टोलीको ड्रेसिङ रुममा आएकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका छन् ।शमीले लेखेका छन्, ‘दुर्भाग्यवश हिजो हाम्रो दिन थिएन। म प्रतियोगितामा हाम्रो टोली र मलाई समर्थन गर्ने सबै भारतीयहरूलाई धन्यवाद दिन चाहन्छु ।
प्रधानमन्त्रीप्रति आभारी छु कि उहाँले विशेषगरी ड्रेसिङ रुममा आएर हामीलाई हौसला दिनुभयो ।’ शमी विश्वकपको सबैभन्दा सफल बलर बनेका थिए । उनले २४ विकेट लिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !