काठमाडौं। टेन्सबर्ग बियर उत्पादन गर्ने टाइगर्स ब्रुअरी इन्डष्ट्रिज प्रालिले सन् २०२२/२३ को ११ महिनामा ६१ करोड ६० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ।२०२१/२२ मा कम्पनीले ७३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो। कम्पनीले २०२०/२१ मा ९६ करोड, २०१९/२० मा ६५ करोड र २०१८/१९ मा १ अर्ब १५ करोड रुपैयाँको कारोबार गरेको थियो।
कम्पनीसँग वार्षिक ४० लाख बियर उत्पादन गर्न सक्ने क्षमता छ। कम्पनीले टेन्सबर्गसँगै नेपाल टाइगर स्ट्रङ र रकस्टार बियर बिक्री गर्दै आएको छ। कम्पनीको उत्पादन युनिट रुपन्देहीमा छ। कम्पनीसँग देशभर १५० डिलर नेटवर्क छ।कम्पनीमा तीनजनाको सेयर स्वामित्व छ। ईश्वरी खड्काको ४७ प्रतिशत, प्रेम खड्काको २९ प्रतिशत र लक्ष्मण खड्काको २४ प्रतिशत स्वामित्व छ।
कम्पनीले १ अर्ब ७४ करोड रुपैयाको बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ। कम्पनीले करिब ९० करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एलबी प्लस र ८५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एफोर रेटिङ पाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !